इलाममा भेटियो विश्वमै दुर्लभ हङरायो चरा

काठमाडौं : विश्वमै दुर्लभ अवस्थामा रहेको चरा ‘हङरायो’ इलाममा भेटिएको छ। चरा खोजकर्ता देवेन खरेलले सूर्योदय नगरपालिका वडा नम्बर १ मा उक्त चरा फेला पारेका हुन्।खरेलले एक जोडी भाले ‘हङरायो’ फेला पारेका हुन्। धनेश समूहभित्र पर्ने हङरायो सुन्दर पंक्षी रहेको खरेलले बताए। नेपालीमा हङरायो नामले चिनिने उक्त पंक्षीको वैज्ञानिक नाम ‘रुफस नेक्ड हर्नबिल’ हो। चरा विज्ञकाअनुसार नेपालमा डेढ सय वर्षयता उक्त चरा देखिएको थिएन।पहिले यसको अस्थित्व हुँदा पनि फोटोग्राफी प्रमाण थिएन।

सम्बन्धित सामग्री

जसले नेपालबाट लोप भएको चरा भेटे

गत पुस ६ मा चरा अनुसन्धानकर्ता तथा वाइल्ड लाइफ फोटोग्राफर देवेन खरेल चरा खोज्दै इलामको सूर्योदय नगरपालिका–१ सीमधाप पुगेका थिए । आसपासको वन क्षेत्रमा टहलिदै थिए, अचानक एक जोडी 'रुफ्स–नेक्ड हर्नबिल' अर्थात् 'हङरायो' देखे । हतारिदै तस्बिर खिचे ।

उखान पछ्याउँदा दुई शताब्दीपछि भेटियो ‘हङरायो’

‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान पूर्वी पहाडमा निकै चर्चित छ । यही उखानको सहाराले चरा खोजकर्ता देवेन्द्र खरेललाई दुर्लभ पक्षी रुफ्स नेक्ड हर्नबिल (नेपाली नाम–हङरायो)को कीर्तिमानी तस्वीर खिच्न सफलता मिलेको छ । पहाडमा पाइने पाङ्ग्रो एक प्रकारको लहरे वनस्पतिको फल हो । जो ज्यादै कडा र चराले खान नसक्ने आकारको हुन्छ । उखानअनुसार एउटा चरा …