गत पुस ६ मा चरा अनुसन्धानकर्ता तथा वाइल्ड लाइफ फोटोग्राफर देवेन खरेल चरा खोज्दै इलामको सूर्योदय नगरपालिका–१ सीमधाप पुगेका थिए । आसपासको वन क्षेत्रमा टहलिदै थिए, अचानक एक जोडी 'रुफ्स–नेक्ड हर्नबिल' अर्थात् 'हङरायो' देखे । हतारिदै तस्बिर खिचे ।
हिमाली जिल्ला मुगुको सामुदायिक र मध्यवर्ती वन क्षेत्रमा सहजै देखिने कालो चिबे चरा हाल निकै कम मात्रामा देखिने गरेको छ । समुदायले दिनप्रतिदिन रुख कटान गर्न थालेपछि कालो चिबे चरा र अन्य प्रजातिका चरा कम देखिएका हुन् । छायानाथ रारा नगरपालिका–६ को सामुदायिक वन र मध्यवर्ती वन क्षेत्रमा गुँड लगाएर बस्ने उक्त चरा जलवायु परिवर्तनका कारण र वन क्षेत्र संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको स्थानीय अमरबहादुर कार्कीले बताउनुभयो । केही वर्ष पहिलेसम्म कालो चिबे चरालगायत रातो जुँगे जुरेली, आकासे चरी, स्वर्ग चरी, सिउरे बगडी चरी वन क्षेत्रमा सजिलैसँग देख्न पाइन्थे तर पछिल्ला दिनमा यी चरा देखिन छाडेका छन् ।
भरतपुर- दुर्लभ चरा संरक्षणमा यहाँका संरक्षणकर्मी जुटेका छन्। भरतपुर महानगरपालिका- २६ को दिव्यनगर क्षेत्रमा पाइने दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मी जुटेका हुन्। पहिले प्रशस्त सङ्ख्यामा पाइने चराहरू अहिले लोप हुन थालेपछि संरक्षणकर्मी चरा संरक्षण र सङ्ख्या बढाउने अभियानमा लागेको चितवन गाइड एशोसिएसन मेघौली घटघाई उपसमितिका अध्यक्ष एवं संरक्षणकर्मी मनिष लिम्बूले जानकारी दिए। उनका अनुसार दिव्यनगर क्षेत्रका […]
झापा, २४ भदौ । दुई दशकअघिसम्म तराईका अग्लाअग्ला सिमलका रुखमा प्रशस्त गुँड बनाएर चल्ला कोरल्ने गिद्ध र भुँडीफोर गरुड चरा अब लोप हुँदै गएका छन् । बासस्थान र आहाराको स्रोत मासिएसँगै पूर्वी तराईमा यी चरा हराउँदै गएको विज्ञहरु बताउँछन् । यस्तै लोपोन्मुख चराको संरक्षण गर्न चरा तथा वन्यजन्तु संरक्षण समाजले झापा र इलाममा अभियान सुरु […]
डडेल्धुरा । डडेल्धुरामा करिब १५ वर्ष अघि ठूलो संख्यामा देखा पर्ने गिद्ध पछिल्लो समय लोप हुँदै गएका छन् । लोप हुँदै गएका प्रकृतिका कुचिकारको रुपमा रहेका चरा प्रजाती गिद्ध हिजो आज गाउँघर तिर निकै कम संख्यामा देखिन थालेका हुन् । जिल्लाका ठूला पहाड, भीरपाखामा दैनिक जसो सहजै देखिने गिद्ध पछिल्लो समय दिन प्रतिदिन वातावरण असन्तुलित […]
रारा रािष्ट्रय निकुञ्जअन्तर्गत राराताल वरिपरि फूल्ने २५ प्रकारका फूल, १२ प्रजातिका चरा र १६ प्रजातिका वन्यजन्तु लोप भएका छन् । रारा राष्ट्रिय निकुञ्जले ५ वर्षअघि गरेको अध्ययनअनुसार रारा ताल आसपास १ सय ६५ किसिमका वन्यजन्तु, ३ सय २ प्रजातिका चरा र १ सय ६३ प्रजातिका फूलहरू पाइन्थे ।
गत पुस ६ मा चरा अनुसन्धानकर्ता तथा वाइल्ड लाइफ फोटोग्राफर देवेन खरेल चरा खोज्दै इलामको सूर्योदय नगरपालिका–१ सीमधाप पुगेका थिए । आसपासको वन क्षेत्रमा टहलिदै थिए, अचानक एक जोडी 'रुफ्स–नेक्ड हर्नबिल' अर्थात् 'हङरायो' देखे । हतारिदै तस्बिर खिचे ।
आधा टन तौल र १२ फिट उचाईको चरा । कुनैबेला सँसारमा यस्ता चराहरु थिए । लोप भइसकेका यस्ता चराबारे नयाँ तथ्य पत्ता लागेको छ । १५ देखि २० लाख वर्ष अघिको अवशेषबाट लोप भएको चरा प्रजातिको तथ्य पत्ता लागेको हो । क्रिमियाको एउटा गुफामा फेला परेको अवशेषको अध्ययनबाट पृथ्वीको उत्तरी देशान्तरमा पाचिस्र्टुथिओ दमानीसेन्सी वैज्ञानिक नामको […]
काठमाण्डाै - विभिन्न २३ प्रजातिका चरा, माछा, सीपी कीरा, चमेरा तथा वनस्पति अमेरिकाबाट लोप भएका छन् ।
अमेरिकाको फिस एण्ड वाइल्डलाइफ सर्भिस (एफडब्ल्यूएस) ले विभिन्न २३ प्रजातिका चरा लोप भएको जानकारी दिएको हो ।
यस्तै ८ प्रजातिका सीपी कीरा, दुई प्रजातिका माछा र चमेरा र वनस्पतिका एक/एक प्रजाति अमेरिकाबाट लोप भएको एफडब्ल्यूएसले उल्लेख गरेको छ ।
उपलब्ध उत्कृष्ट वैज्ञानिक प्रविधिको प्रयोग गरेर हरेक प्रजातिको गहन अध्ययन र अनुगमनपछि लोप भएको घोषणा गरिएको एफडब्ल्यूएसले जनाएको छ ।
वातावरणीय परिवर्तनका कारण यी प्रजातिक...
२३ प्रजातिका चरा, माछा, सिपी कीरा, चमेरा तथा वनस्पति अमेरिकाबाट लोप भएका छन्। अमेरिकाको फिस एण्ड वाइल्डलाइफ सर्भिस (एफडब्लुएस) ले आइभरी–बिल्ड उडपेकरसहितका ११ प्रजातिका चरा लोप भएको जानकारी दिएको हो। यस्तै ८ प्रजातिका सिपी कीरा, दुइै प्रजातिका माछा र चमेरा र वनस्पतिका एक–एक प्रजाति अमेरिकाबाट लोप भएको एफडब्लुएसले उल्लेख गरेको छ। उपलब्ध उत्कृष्ट वैज्ञानिक प्रविधिको […]