जुम्ला : जुम्लामा अविरल वर्षाका कारण बाढीपहिरोबाट ठूलो क्षति पुगेको छ। बाढीपहिरोबाट विस्थापित भएका घरपरिवारलाई उद्धार तथा राहत दिनका लागि जिल्ला विपत व्यवस्थापन समितिको वैठक बसेको छ।विपत व्यवस्थापन समितिको बैठकले असोज १९ देखिको वर्षा र बाढीले जिल्लाको पुगेको धनजनको क्षतिको सारांश पतिवेदन प्रस्तुतसमेत गरेको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले जुम्लाको बाढी र पहिरोमा परी १० जनाको मृत्यु भएको बताए। उनका अनुसार कनकासुन्दरी ५ मा ग