यो आर्थिक वर्षमा स्थानीय तहको निर्वाचन पनि हुँदैछ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निर्वाचनको छेउछाउमा धकेलेर राजनीतिक लाभ लिने प्रयास हुन लागेको कार्यक्रमकै अधिकारीहरु बताउँछन् ।
काभ्रेपलाञ्चोक, २९ फागुन । धुलिखेल नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको ‘नमूना रोजगार कार्यक्रम’ सुरुआत गरिएको छ । कार्यक्रममा स्थानीय बेरोजगार नागरिकलाई रोजगार उपलब्ध गराउने जनाइएको छ । नगरले नमूना कार्यक्रमअन्र्तगत प्रारम्भिक चरणमा बेरोजगार तथा रोजगारदाताको तथ्याङ्क अद्यावधिक गरी जनप्रतिनिधि र कर्मचारी तथा सरोकारवालासँग अन्तक्र्रिया एवं निजी क्षेत्र तथा सरोकारवालासँग अन्तक्र्रियालगायत तालिमका कार्यहरू गरिने जनाएको छ । […]
दमौली– तनहुँको म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को उक्त कार्यक्रम वडा नम्बर ४ बाट सुरु भएको हो । बेरोजगारलाई न्यूनतम सय दिनको रोजगारी दिने लक्ष्यसहित सरकारले उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त वडामा ३६ जना बेरोजगार सूचीमा सूचीकृत भएकामा १२ जनालाई छनोट गरी रोजगारीमा खटाइएको गाउँपालिकाका […]
१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने बताएका छन् ।सरकार बजेट निर्माणमा रहेको उल्लेख गर्दै उनले विगतका कतिपय बदल्ने बताएका हुन् । चितवनमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भनेका छन्, ‘पहिलाका कतिपय कार्यक्रम छन् ती असफल भएका छन् । प्रधानमन्त्री रोजगार आदि इत्यादी जे छन् । ती कार्यक्रमले नतिजा […]
चितवन, ६ वैशाख । भरतपुर महानगरपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमले बजेट नपुगेका कामदारलाई सरकारी र निजी क्षेत्रमा समेत पठाउने गरेको हो । यससँगै तालिम लिन चाहनेका लागि तालिममा पठाउन थालेको छ । कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ७४ जनाले रोजगारी पाएका छन् । १८ जनालाई कामका लागि निजी […]
काठमाडौं : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने भएको छ। सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनर्संरचना गर्ने बताइन्। स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न नीजि क्षेत्रलाई सहयोग गर्ने समेत बताइन्।
संखुवासभाको सदरमुकामसमेत रहेको खाँदबारी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । कार्यक्रमअन्तर्गत गाउँ–गाउँमा ग्रामीण सडक निर्माण, गोरेटो बाटोमा ढुंगा सोलिङ गर्ने र नाली कटाउनेलगायतका काम भइरहेका छन् ।
नागरिकलाई आवतजावतमा समस्या देखिएका...
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ ।आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय गरेको बताए । उनले नेपाल सरकार प्रदेश र स्थानीय तहबीच प्राकृतिक श्रोतको रोयल्टी बाँडफाँट स्वीकृति दिने, मेवा […]
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ ।
आइतवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो निर्देशिका स्वीकृत गर्ने निर्णय भएको बताएका हुन् ।
उनले नेपाल सरकार प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट स्वीकृति दिने, मेवा–चाङे र केराबारी–न्यू मर्स्याङ्दी १३२ के.भी प्रसारण लाइन आयोजनाको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने निर्णय पनि गरिएको बताए ।
त्यस्तै ...
२६ वैशाख, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकाको गढीसुगा बस्ती जोड्ने बाटो बनरहेको छ । जिल्लामा निषेधाज्ञा लागू भएपछि यही समयमा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत यो सडक निर्माण गर्न स्थानीय सूचीकृत बेरोजगारलाई खटाएको छ । ‘कोरोनाको कहरसँगै जनता बाहिर काम गर्न जान सक्ने अवस्था छैन,’ भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना भन्छिन्,’जनतालाई राहत दिनुभन्दा काम गरेरै […]