पर्वत : आहा रारा पोखरा गोल्डकपको २२ औँ संस्करण पोखरा रंगशालामा सुरु हुँदै छ। फुटबल खेलको विकासका लागि मोफसलको महत्त्वपूर्ण खेलका रूपमा लिने गरिएको आहा रारा पोखरा गोल्डकपको यो संस्करणको पहिलो खेल बिहीबार दिउँसो दुई बजे हुँदै छ। १० टोलीले प्रतिस्पर्धा गर्ने गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान फुटबल क्लब भिड्न लागेका छन्। उद्घाटन खेल दुई बजेबाट सुरु हुने भए पनि गोल्डकपको औपचारिक कार्यक्रम भने साढे १ बजे पोखरा रंगशालामा नै हुनेछ। उद्घाटन सत्रमा पो