म्याग्दी – म्याग्दीको सदरमुकाम बेनीमा चलिरहेकाे नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (सोमवार) महिला भलिबलतर्फ क्वाटरफाइनलका खेल सकिएका छन् ।
आज भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबले लुम्बिनी प्रदेशलाई २५–१५, २५–१८ र २५–१० को सोझो सेटमा हराउँदै विजयी भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीले जनाएको छ ।
यसैगरी आजै भएकाे दोस्रो खेलमा बाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २५–१२, २५–१५ र २५–२३ को सोझो सेटमा हराउँदै विजयी भएको छ भने तेस्रो खेल...