म्याग्दी : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिबेला राजनीतिक दलका नेताहरू चुनावी दौडधुपमा छन्। विभिन्न दलका नेताहरू आ–आफ्नो पार्टीको पक्षमा जनमत बलियो बनाउन दौडधुप सुरु गरेका हुन्।सत्ता गठबन्धनका दलहरू, नेकपा एमाले र अन्य दल आफ्नै किसिमले चुनावी अभियानमा लागेका छन्। एमालेले सत्ता गठबन्धनलाई समेत चुनौती दिँदै आएको छ। स्थानीय तहको चुनावी माहोल बनाउन एमाले, कांग्रेस र माओवादीका नेताहरू जिल्ला व्यापी रूपमा हिँडिरहेका छन्।नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा