लालीगुराँसले छपक्कै म्याग्दीका वनजंगल

म्याग्दी : ‘म त लालीगुराँस भएँछु। वनैभरि फुलिदिन्छु–मनैभरि फुलिदिन्छु।’ स्वरसम्राट स्व. नारायण गोपालले गाएको गीतले भनेजस्तै म्याग्दीका वनजंगल यति वेला लालीगुराँस फुलेर राताम्यै भएका छन्। वनैभरि फुलेका लालीगुराँसका जंगलबाट उत्तरतिर देखिने चाँदी झै टल्किने सेता हिमाललाई पृष्ठभूमिमा पारेर फोटो खिचाउने, सेल्फी लिने र टिकटक बनाउनेको भीडले यतिबेला म्याग्दीका जंगलमा पनि रौनक बढेको छ। म्याग्दीको सदरमुकाम बेनीबजारबाट पर्यटकीय स्थल टोड्केमा आएकी रक्षा पौडेल हिमाल र ला

सम्बन्धित सामग्री

फागुनमै फुल्यो लालीगुराँस, रमाए पर्यटक

म्याग्दी : लालीगुराँस फुलेकाले म्याग्दीका जंगल राताम्य भएका छन्। अन्नपूर्ण, रघुगंगा, मालिका, मंगला र धवलागिरि गाउँपालिकाका जंगलहरूमा ढकमक्क लालीगुराँस फुलेको छ। लालीगुराँसको फूलले वनजंगल रंगिन थालेपछि आन्तरिक पर्यटकहरू लेकतिर उक्लिन थालेका छन्।सामान्यतः चैत‚ वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष भने साविकको समयभन्दा अघि नै फुलेको छ। यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेको स्थानीयहरू बताउँछन्। काफल, ऐंसेलुजस्ता जंगली फलहरु पनि सिजनभन्दा अघि नै फुलेका छन्।बेनी नगरपालिका-२ ज्यामरुककोटका ८७ वर्षीय वे