दाङ : दाङ-काठमाडौंको हवाइ भाडामा समायोजन भएको छ।
बिहीबार देखि लागू हुने गरी भाडा दरमा समायोजन भएको नेपाल वायुसेवा निगम तुलसीपुर दाङका प्रमुख निमकान्त लम्सालले जानकारी दिए ।
उनका अनुसार बिहिबारदेखि लागू हुनेगरी न्यूनतम हवाइ भाडादर ५ हजार ७७० देखि ६ हजार २७० रुपैयाँ तोकिएको हो। यसअघि काठमाडौं-दाङको भाडा दर ७ देखि ९ हजार २५५ रुपैयाँ रहेको थियो।
भाडादर महँगो हुँदा यात्रुहरूले महिनौँदेखि मार खेप्दै आइरहेका थिए।
वि.सं. २०११ सालमा स्थापना भएको दाङको टरिगाउँ एयरपोर्टमा हप्ताको ५ दिन उडान...