मेगा क्यापिटलले भदौ ४ गतेदेखि मेगा म्युचुअल फण्ड–१ निष्कासन गर्ने

साउन ३१, काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गतेदेखि मेगा म्युचुअल फण्ड–१ को इकाई विक्री खुला गर्ने भएको छ ।  क्यापिटलकै व्यवस्थापनमा सञ्चालन हुने यस फण्डको प्रतिइकाई रू.१० अंकित मूल्यका रू. १ अर्ब बराबरको १० करोड इकाई विक्री गर्न लागिएको हो ।  कुल इकाई मध्येबाट पनि १५ प्रतिशत वा एक करोड ५० लाख इकाई काष प्रवर्द्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागिएको हो । यस इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि एक करोडसम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ ।  यो इकाई छिटोमा भदौ १० गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिसम्म माग बमोजिम आवेदन परेको खण्डमा भने ढिलोमा भदौ १८ गतेसम्मको मिति तय गरिएको हो ।  १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो फण्डको इकाई खरीदका लागि लगानीकर्ताहरुले विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्ससँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।  साथै मेरो शेयर वेब र मेरो शेयर एपबाट पनि यस इकाई खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ । 

सम्बन्धित सामग्री

मेगा म्युचुअल फण्ड - २ सञ्चालनमा आउने, धितोपत्र बोर्डमा दियो निवेदन

वैशाख २६, काठमाडौं । मेगा म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउने भएको छ । फण्डले मेगा म्युचुअल फण्ड - २ नामक नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउन लागेको हो । फण्डले उक्त कार्यका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत फागुन ११ गते निवेदन दिएको हो । फण्डले प्रतिइकाई रू. १० का १० करोड इकाई निष्कासन गर्नका लागि  धितोपत्र बोर्डमा निवेदन दिएको हो । योजना व्वस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

भदौ मसान्तसम्म मेगा म्युचुअल फण्ड–१ २९ लाखभन्दा बढी नोक्सानीमा

असोज १५, काठमाडौं । भदौ २३ गतेदेखि सञ्चालनमा रहेको मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड–१ भदौ मसान्तसम्ममा रू. २९ लाख ४४ हजार नोक्सानीमा रहेको छ ।  योजना सञ्चालनको पहिलो महीना योजनाको प्राप्त भइसकेको आम्दानी रू. ५४ हजार र प्राप्त भइनसकेको आम्दानी रू. ३० लाख ८३ हजार रहेको छ । जम्मा आम्दानी रू. ३१ लाख ३८ हजार भएको योजनाको जम्मा खर्च भने ६० लाख ८३ हजार भएको छ ।  यस महीना योजना निष्कासन तथा अन्य पूर्व सञ्चालन खर्च, योजना लेखा परीक्षण शूल्क, योजना व्यवस्थापन शूल्क, डिपोजीटरी शुल्क, कोष सुपरीवेक्षक शुल्क र बैंक शुल्कमा उक्त रकम खर्च भएको हो । आम्दानी भन्दा खर्च बढी भएकाले भदौ मसान्तसम्म योजनाले नोक्सानी व्यहोरेको हो ।  योजना सञ्चालनको पहिलो महीनामा योजनाको धितोपत्र दलाल कमिशन सहित कारोबार शुल्क समेत धितोपत्रमा लगानीको परल मूल्य रू. ५९ लाख ७७ हजार हजार रहेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्यभन्दा बजारमूल्य बढी रहेको छ ।  भदौ मसान्तसम्म योजनाले सूचीकृत शेयरमा गरेको लगानीको बजारमूल्य रू. ३३ लाख ६९ हजार, सूचीकृत हुन बाँकी शेयरमा गरेको लगानीको बजार मूल्य रू. ५३ लाख ५४ हजार रहेको छ ।  यस अवधिसम्म योजनाले मुद्दती निक्षेपमा रू. ७ करोड लगानी गरेको छ । भदौ मसान्तसम्म योजनाको कुल सम्पत्ति रू. १ अर्ब २४ करोड ७६ लाख ८ हजार छ । यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । भदौ मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. ९ दशमलव ९८ रहेको छ ।

मेगा म्युचुअल फण्ड–१’ मा मागभन्दा झण्डै साढे २ गुणा बढी आवेदन

निष्कासन गरेको दुई दिनमै मागभन्दा बढी आवेदन परेको उक्त योजनामा चार दिनमा २० करोड १४ लाख ५५ हजार ६०० रुपैयाँबराबरको आवेदन परेको हो