रुकुम पश्चिमबाट ६९ करोड बढीको माछामासु विक्री

रुकुम पश्चिम। रुकुम पश्चिममा एक वर्षको समयमा जिल्लाभरबाट ६९ करोडभन्दा धेरैको माछामासु विक्री भएको छ । गत आव २०७९/८० मा जिल्ल्लाका विभिन्न ठाउँबाट उत्पादन भएको माछा मासु जिल्ला भित्र र बाहिर गरेर ६९ करोड १९ लाख ८ हजार रुपैयाँको माछामासु विक्री भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय निमित्त प्रमुख ज्ञानुुकुमार शर्माले जानकारी दिए। उनका अनुसार मासु ६७ करोड १४ लाख र माछा २ करोड ५ लाख रुपैयाँको विक्री भएको छ । माछा मासु उत्पादन र प्रयोगका हिसाबले जिल्ला आत्मनिर्भर बन्दै गएको निमित्त प्रमुख शर्माले बताए। 'तीन नगरपालिका तीन गाउँपालिका रहेको रुकुम पश्चिममा माछामासुमा पछिल्लो समय आत्मनिर्भर बनेको छ । स्थानीय उत्पादनले नै जिल्लामा माछामासुको आवश्यकता पूरा भई जिल्ला बाहिरसमेत खसी, बोका विक्री भइरहेको छ', उनले भने । जिल्लामा गत आव २०७९/८० मा आठ सय ३९ दशमलव २६ मेट्रिकटन अर्थात् ८ लाख ९ हजार दुई सय २० केजी मासु उत्पादन भएर विक्री भएको छ भने माछा दुई सय ३१ मेट्रिकटन अर्थात् २ लाख ३१ हजार केजी उत्पादन भएको छ ।  जिल्लामा मासु पर्याप्त भएपछि खसी, बोका चितवन, काठमाडौँलगायतका विभिन्न बजारमा पठाउने गरिएको छ । जिल्लाको आठबीसकोट नगरपालिका र बाँफीकोट गाउँपालिकामा व्यावसायिकरुपमा बाख्रापालन गरिएकाले धेरै मामु उत्पादन हुने गरेको निमित्त प्रमुख शर्माको भनाइ छ । माछाका लागि जिल्लामा विशेष गरी स्र्यापू ताल, भेरी नदी, मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा उत्पादन हुने गरेको छ । स्थानीय उत्पादनले अण्डामा भने जिल्ला अपर्याप्त रहेको उनको भनाइ छ । व्यावसायिकरुपमा अण्डाका लागि कुखुरापालन नगरिएकाले जिल्लामा अण्डा पोखरा, चितवन दाङबाट ल्याउनुपर्ने बाध्यता रहेको पशु अस्पताल तथा पशुसेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ । रासस

सम्बन्धित सामग्री

माछामासु–तरकारी–फलफूल व्यवसाय १५ दिनभित्र दर्ता गर्नुपर्ने

१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले माछामासु, तरकारी तथा फलफुल व्यवसायलाई १५ दिनभित्र सूचीकृत हुन भनेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरभित्र सञ्चालनमा रहेको तरकारी, फलफूल बजार, नर्सरी, कोल्ड स्टोर र मासु तथा माछाजन्य उद्योग व्यवसाय दर्ता हुन भनेको हो । ‘महानगरपालिकामा व्यवसाय दर्ता गरेर कृषि तथा पशुपन्छी विभागमा सूचीकृत नभएमा कारबाही हुनेछ,’ […]

माछामासु पसलमा अनुगमन

चाडपर्व नजिकिएसँगै हेटौँडामा माछामासु पसल अनुगमनलाई तीव्रता दिइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौँडा मकवानपुरको नेतृत्वमा बिहीबार हेटौँडा आसपासका एक दर्जन बढी माछामासु पसलको अनुगमन गरिएको हो ।

वैशाख १५ देखि विराटनगरमा खुल्ला माछामासु बेच्न नपाइने

विराटनगर : विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि लागू हुने गरी खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाएको छ।विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको मेयर नागेश कोइरालाले बताए। अभियानलाई सफल बनाउन महानगरले बिहीबार सरोकारवालासित अन्तरक्रिया गरेको छ। विराटनगरका मासु व्यवसायीलाई बोलाएर महानगरले अन्तरक्रिया गरेको हो।स्वच्छ मासु खान पाउने उपभोक्ताको अधिकार भएकाले माछामासु व्यवसाय व्य

खुला ठाउँमा माछामासु बेच्न निषेध

विराटनगर महानगरपालिले वैशाख १५ गतेदेखि खुला ठाउँमा माछामासु बिक्रीवितरणमा प्रतिबन्ध गर्ने भएको छ। विराटनगर महानगरपालिकाले पशुवध तथा माछामासु बिक्रीवितरणलाई व्यवस्थित बनाउने उद्देश्यले खुला स्थानमा पशुवध गर्ने र माछामासु बिक्रीवितरण गर्ने काममा रोक लगाउने ...

वैशाख १५ देखि विराटनगरमा खुला माछामासु बिक्री वितरणमा रोक

विराटनगर । विराटनगर महानगरपालिकाले खुला स्थानमा माछामासु बिक्री वितरणमा रोक लगाउने भएको छ । खुला स्थानमा माछामासु बेचबिखन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै महानगरले वैशाख १५ देखि खुला स्थानमा माछामासु बिक्रीमा रोक लगाउने निर्णय गरेको हो । हाट बजारमा समेत माछामासु बिक्री वितरण हुँदै आएकाले त्यसलाई व्यवस्थित गर्ने तयारी भएको महानगरले जनाएको छ […]

वर्षमै दुई करोडको ‘टुथपिक’ खपत : चिकित्सक भन्छन्, ‘दाँत कोट्याउनु हानिकारक’

दशैं जस्तो चाडपर्वमा माछामासु धेरै नै खाइन्छ । माछामासु खाएपछिको समस्या हो, दाँतमा अल्झने । यस्तो बेला स-सना सिन्कोले दाँत कोट्याउने आम प्रवृत्ति छ । त्यसो त माछामासु खाएको बेला मात्र होइन, अन्य दिनमा पनि खाना खाइसकेपछि दाँत कोट्याउने बानी हुन्छ । सामान्य लाग्ने यो बानी कति खर्चिलो रहेछ भने भन्सार विभागको पछिल्लो तथ्यांकले छर्लङ्ग […]

माछामासु धेरै खाने बच्चामा मोटोपनको सम्भावना हुन्छ ?

काठमाडौं । हुन त हिजोआज माछामासु नखाने व्यक्ति कमै हुन्छन् । परिवारका सदस्य मांसाहारी भएपछि बालबालिकामा पनि त्यसको प्रभाव पर्ने भइहाल्यो । शाकाहारी परिवारको संख्या पनि पछिल्लो समय उल्लेख्य छ । अन्य खानेकुरा जस्तै मासु र मासुजन्य खानेकुरा पनि स्वास्थ्यका लागि आवश्यक हुन्छ । वैज्ञानिकहरुको पछिल्लो अध्ययन अनुसार मांसाहारी बालबालिकाको तुलनामा शाकाहारी बालबालिकाको तौल कम […]

नमूना नजरपुर, जहाँ माछामासु बर्जित छ

२७ असोज, काठमाडौं । पूर्वीय शास्त्रमा मद्य, मांस र मदिरासँग जोडिएका कैयौं शास्त्रीय किस्साहरु सुनिन्छ । दर्शनमा पञ्चमकारको कुरादेखि धर्ममा कलिको बास हुने द्युत (जुवातास), मद्य, परस्त्री भोग र हिंसाको प्रसंगलाई समेत मान्दा पनि मद्य, मांस र जुवातास शास्त्रीय रुपमा तमस गुणयुक्त मानिन्छ । तर यी सबैलाई त्यागेर एउटा सात्विक जीवनशैली जिउन सकिन्छ त ? […]

बुटवलमा बजार अनुगमन, सडेको माछामासु भेटियो

बुटवल बजार अनुगमनका क्रममा अस्वस्थकर माछामासु भेटिएको छ । मासु पसल मापदण्ड विपरीत सञ्चालन गरिएको र अस्वस्थकर माछामासु बिक्रीका लागि राखेको पाइएपछि नष्ट गरिएको बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् ।उपप्रमुख आचार्यको नेतृत्वमा पशु चिकित्सक, उपभोक्ता अधिकारकर्मी, उद्योगी, व्यावसायिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि सम्मिलित अनुगमन समितिले मासु पसलको अनुगमन गरेको हो ।उपप्रमुख आचार्यका अनुसार अनुगमनका क्रममा कतिपय पसलमा सडेको अवस्थाका माछामासु तथा मासुजन्य पदार्थ राखिएको, पसल

उपभोक्ताको रोजाइमा स्वदेशकै माछामासु

स्वदेशमै उत्पादित ताजा माछामासुका उपभोक्ता दिनहुँजसो बढ्दै गएका छन् । आयातित माछामासुको तुलनामा ताजा माछामासु स्वास्थ्यका लागि उत्तम मानिएकाले स्वदेशी उत्पादनको माग बढ्दै गएको हो ।