नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् । त्यसक्रममा मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् । चिनियाँ टोली र प्रधानमन्त्री शेरबहादुर देउवा तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग समेत भेटवार्ता हुदैछ । चार दिने भ्रमणमा सोमबार नेपाल आएको ली नेतृत्वको टोली र नेपाल