रुसले युक्रेनमाथिको आक्रमणलाई तीव्र बनाएको छ । यसबीच युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलेन्स्कीले अलग–अलग देशबाट समर्थन जुटाइरहेका छन् ।अहिले जर्मनीले युक्रेनबारे आफ्नो नीतिमा ठूलो परिवर्तन गरेको छ । जर्मनीले युक्रेनलाई हतियार पठाउने भएको हो । जर्मनीका चान्सलर ओलाफ शल्ट्सले यसको पुष्टि गरेका छन् । उनले जर्मनीले एक हजार एन्टी ट्यांक हतियार र पाँच सयवटा जमीनबाट हावामा मार हन्न सक्ने मिसाइल युक्रेनलाई सहयोग गर्ने जानकारी दिए ।जर्मनीले यसअघि नै रुसले युक्रेनमाथि गरेका हमलाको निन्दा गरिसकेको छ ।