प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफूले २ पटक गरेको संसद विघटनको बचाउ गरेका छन् । शनिवार प्रतिनिधिसभाको ११ औं अधिवेशनको अन्तिम बैठकलाई सम्वोधन गर्दै उनले संविधानमा भएको व्यवस्थाअनुसार आफूले सो उचित कदम चालेको दावी गरे । आफूभन्दा अगाडि बोलेका प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको परमादेशले नै संविधानको रक्षा गरेको भन्ने भनाइको प्रतिउत्तर दिँदै ओलीले निर्वाचनमा जाने कुरा प्रतिगमन नभएको दावी गरे । उनले परमादेशबाट सरकार बनाउने काम प्रतिगमन भएको बताए ।&