मानवसेवा आश्रमले गरायो भारतीय पूर्वप्रधानमन्त्रीका सल्लाहकारको पारिवारिक मिलन

काठमाडौं : भारतीय पूर्वप्रधानमन्त्री स्व इन्दिरा गान्धीका सल्लाहकार भई काम गरेको बताउने एक वृद्धाको सुखद पारिवारिक मिलन भएको छ। ८५ वर्षीय जमुनादेवी दीक्षितको मानवसेवा आश्रमले पारिवारिक मिलन गराएको हो।नेपालका प्रसिद्ध तीर्थस्थल पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि नेपाल आएको समयमा उनी काठमाडौँबाट सम्पर्कविहीन भएकी थिइन्। पारिवारिक मिलनका क्रममा उनकी छोरी सुजता पारसनाथ मिश्रले हर्षका आँशु नै खसाइन्।उनले बताएअनुसार माया मारेको आफ्नी आमा मानवसेवा आश्रमको सम्पर्कमा रहेको जानकारी आएपछि परिवार नै खुसीले

सम्बन्धित सामग्री

सडकआश्रित मानवहरूको व्यवस्थापनका योजना बैठक

मानवसेवा आश्रम र काठमाडौं महानगरपालिकाबीच उपत्यकामा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरूको व्यवस्थापनका लागि आज योजना तथा समीक्षा बैठक सम्पन्न भएको छ । राष्ट्रिय सभागृहमा भएको बैठकमा यसअघि भएका सहयोग तथा सम्झौता र त्यसको कार्यान्वयनका साथै मानवसेवा आश्रमद्धारा सहयोगापेक्षी मानवहरूको व्यवस्थापनमा आइपरेका चुनौती र समाधानका विषयमा छलफल भएको थियो ।मनवसेवा आश्रम विगत एक दशकदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन गराउँदै आइरहेको सामाजिक संस्था हो । यस संस्थ

मानवसेवा आश्रमद्वारा दुई सय ८६ व्यक्तिको पुनर्मिलन

चितवन, २० मङ्सिर: मानवसेवा आश्रम चितवन शाखाले २८६ जनालाई पारिवारिक पुनर्मिलन गराएको छ । विसं २०७२ माघमा स्थापना भएको यस संस्थाले हालसम्म ६५९ जनालाई सेवा प्रदान गरेकामा उनीहरुमध्ये सो सङ्ख्यामा पारिवारिक मिलन गराएको हो । आश्रममा आएर उपचारपश्चात् १९२ जनाले स्वेच्छाले आश्रम छाडेका छन् भने ९३ जनाको निधन भएको आज त्यहाँ पत्रकार सम्मेलनको आयोजना गरी […]