मन्त्रालयको घेराभित्र मात्रै सीमित हुन्नः मन्त्री लामा

युवा तथा खेलकूदमन्त्री दावा लामाले आफू विगतका मन्त्रीहरुजस्तो मन्त्रालयको घेराभित्र मात्रै सीमित नरहने बताउनुभएको छ । युवा गैरसरकारी संस्था महासङ्घ भक्तपुरले आज यहाँ आयोजना गरेको बधाई तथा सञ्चार साक्षात्कार कार्यक्रममा उहाँले अब आफ्ना काम मन्त्रालयका फाइल सदर र मन्त्रालयको चौघेरामा मात्रै सीमित नहुने बताउनुभयो ।          “प्रत्येक मन्त्रालयमा युवाका सवाल सम्बोधन गर्न विभिन्न कार्यक्रम छन्, तिनलाई समन्वय र संयोजन गर्ने कार्य अब आफ्नो प्राथमिकतामा छ”, उहाँले भन्नुभयो, “नेपालमा युवा बेरोजगारी न्यूनीकरण गर्न अबका युवा कृषि उद्यमी बन्नुपर्छ ।” मन्त्री लामाले कोरनापछि समग्र खेलकूद क्षेत्रलाई थप चलायमान बनाउनुपर्ने आवश्यकतामाथि जोड दिदैं आफ्नो अभियान अब त्यसैतर्फ केन्द्रित हुने बताउनुभयो ।

सम्बन्धित सामग्री

सबैको प्रयासमा कोभिड–१९ विरुद्धको अभियानमा सफलता हासिल : लामा

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सबैको प्रयासमा कोभिड–१९ विरुद्धको अभियानमा सफलता हासिल गरेको बताएका छन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यालयहरूको बार्षिक समीक्षा बैठक एवं मन्त्रालयको प्रदेशस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री लामाले संघीय एवं प्रदेश सरकारको समन्वय स्वास्थ्यकर्मीको अथक प्रयास र नागरिकको सहयोगका कारण कोभिड–१९ विरुद्धको अभियानमा सफलता हासिल गरेको बताएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको सतप्रतिशत खोप अभियानलाई सार्थक बनाउन

उद्योग मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीलाई

कर्णाली : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)को पदावधि सोमबारदेखि सकिएसँगै रिक्त रहेको उद्योग मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीले सम्हालेका हुन्।कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीको सचिवालयको आजको सिफारिसअनुसार मन्त्रिपरिषद् हेरफेर र गठन गरेका हुन्।सत्ता गठबन्धनभित्रको प्रमुख दल माओवादी केन्द्रको भागमा परेको उद्यो

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीलाई

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) को पदावधि सोमबारदेखि सकिएसँगै रिक्त रहेको उद्योग मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीले सम्हालेका हुन् । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीको सचिवालयको आजको सिफारिसअनुसार मन्त्रिपरिषद् हेरफेर र गठन गरेका […]

सार्वजनिक यातायातको भाडा कहाँ कति बढ्यो ? (सूचीसहित)

सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको हो ।मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीको भाडा १० प्रतिशतले बढाएको छ । यस्तै, पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै यातायात व्यवसायीहर

सरकारले बढायो गाडी भाडा, कुन रुटमा कति ? (सुचीसहित)

काठमाडौ, २० चैत्र । सरकारले लामा दुरीका सार्वजनिक सवारीको भाडा बृद्धि गरेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने लामा दुरीका सवारीको १० देखि १५ प्रतिशतसम्म भाडा बढाएको हो । विभागले यात्रुवाहक सवारीको भाडा १० प्रतिशतले बढाएको हो । पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ […]

यी हुन् बागमती प्रदेशका नवनियुक्त दुई मन्त्री

बागमती प्रदेश सरकारमा बिहीबार दुई मन्त्री थपिएका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दै माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट निमा लामा ह्योल्मोलाई मन्त्री बनाएका हुन् ।नवनियुक्त मन्त्रीद्वयमध्ये जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । जम्कट्टेल दोस्रो पटक प्रदेश सरकारमा सामेल भएका हुन् भने लामा पहिलो पटक मन्त्री बनेका हुन् ।यस्तो छ मन्त्रीद्वयको राजनीतिक जीवन–शालिकराम जम्कट्ट

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, जम्कट्टेल र लामा बने मन्त्री

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषदमा दुई सदस्य थप गरेका हुन् । मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट नीमा लामालाई समावेश गरिएको हो ।मुख्यमन्त्री पाण्डेले जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । नवनियुक्त मन्त्रीद्वयले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।कार्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोही दिन त

ककनीमा दृश्यावलोकन स्तम्भ

नुवाकोट, ११ कात्तिकः नुवाकोटको पर्यटकीयस्थल ककनी गाउँपालिका–५ स्थित ककनीमा बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु तीन करोड ५६ लाख ९४ हजारको लागतमा निर्माण गरिएको दृश्यावलोक स्तम्भ । सो ठाउँबाट नुवाकोट जिल्लाको विभिन्न ठाउँहरुका साथै काठमाडौँ उपत्यकासमेत हेर्न सकिन्छ ।-तस्बिरः पेमा लामा-रासस