काठमाण्डौ – अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजरायलको जवाफी कारबाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजरायलले उहाँको राजीनामा माग गरेको छ ।
राष्ट्रसङ्घमा इजरायली राजदूत गिलाड एर्डानले महासचिव गुटेरेसलाई राष्ट्रसङ्घको नेतृत्व गर्नका लागि ‘अनुपयुक्त’ भन्दै उहाँको राजीनामा माग गर्नुभयो ।
‘बालबालिका, महिला र वृद्धवृद्धाहरूको सामूहिक हत्याको अभियानमा समझदारी देखाउने महासचिव राष्ट्रसङ्घको नेतृत्व गर्न योग्य हुनुहुन्न, म उहाँलाई तुरुन्त राजीनामा...