नवगठित दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नागरिकताको समस्या धेरै हदसम्म समाधान भएको जनाएको छ । लोसपाले निर्वाचन आयोगलाई बुझाएको घोषणापत्रमा नेपालमा नागरिकता समस्या धेरै हदसम्म समाधान भए पनि तराईका जिल्लाहरुमा अझै केही हदसम्म समस्या विद्यमान रहेको जनाइएको छ । अन्तरिम संविधानमा रहेको नागरिकता सम्बन्धी प्रावधानलाई नै संविधानमा राख्नुपर्ने पार्टीको मान्यता रहेको लोसपाले जनाएको छ ।त्यस्तै, स्थानीय भूमिहीन नागरिकलाई वन कटानी र हदबन्दीबाट प्राप्त जग्गा वितरण गर्ने प्रतिवद्धता पनि लोसपाले जनाएको छ