२२ माघ, दाङ । भारी हिमपातले रुकुम पूर्वको मध्यपहाडी लोकमार्गको अवरुद्ध भएको छ ।बिहीबारदेखि परेको हिमपातले मध्यपहाडी लोकमार्गको लकुम-पातिहाल्ना खण्ड अवरुद्ध भएको हो । हिउँले सडक पुरिएपछि रुकुम पूर्वको भूमे गाउँपालिका वडानम्बर १ देखि बागलुङको सीमा क्षेत्र पातिहाल्नासम्मको खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । सडकमा बाक्लो हिउँ परेको छ । […]