काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा निर्धारित सबै कार्यक्रमहरु रद्द गरेर आफ्नै निर्वाचन क्षेत्र डडेल्धुरामा केन्द्रित हुनुहुने भएको छ । उहाँ आज (मंगलबार) बिहान काठमाडौंबाट डडेल्धुरा जाने र प्रचार अवधिभर उतै बस्ने कार्यक्रम तय भएको हाे। आफ्नो निर्वाचन क्षेत्रमा प्रतिष्पर्धीहरुबाट चुनौती थपिएको विश्लेषण भएपछि उहाँ आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुन अन्यत्रका सबै कार्यक्रमहरु रद्द गरिएका हुन् […]