अरुण तेस्रोको बिजुली पीटीसीले किन्ने

अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली पीटीसी इन्डियाले किन्ने भएको छ । नेपालमा भारतीय कम्पनी सतलज जलविद्युत् विकास निगमअन्तर्गतको एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले बनाउने आयोजनाको बिजुली पीटीसी भारतले किन्ने समझादरीपत्रमा हस्ताक्षर भएको हो ।एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी र पीटीसी इन्डियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको कम्पनीद्वारा जारी प्रेस विज्ञत्तिमा उल्लेख छ । […]

सम्बन्धित सामग्री

९०० मेगावाटको अरुण तेस्रोको बिजुली लैजान ७ जिल्लामा ६०० टावरको प्रसारणलाइन

संङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् लैजान करीब ६०० ओटा टावर निर्माण गरेर प्रसारण लाइन बनिरहेको छ । अरुण तेस्रो आयोजनाले प्रसारण लाइनका लागि सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, महोत्तरी र धनुषा गरी ७ जिल्लामा ५९७ ओटा टावर निर्माण गर्न लागेको हो ।  आज जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा अरुण तेस्रो आयोजनाको ४०० केभी प्रसारण लाइन सङ्खुवासभाको दिदिङ हुँदै धनुषाको ढल्केबर पुर्‍याइने आयोजनाले जनाएको छ । विद्युत् प्रसारण लाइन आयोजनाको विद्युत्गृहस्थल चिचिला गाउँपालिकाको दिदिङ हुँदै धनुषाको ढल्केबर पुर्‍याइनेछ ।  प्रसारण लाइनका लागि सङ्खुवासभा ५९, भोजपुरमा १००, खोटाङमा ७९, उदयपुरमा १४७, सिरहामा २३, महोत्तरीमा ८७ र धनुषामा१०२ ओटा टावर रहने छन् । टावर निर्माणका लागि जग्गा अधिग्रहण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रक्रिया अघि बढाइएको जनाइएको छ ।  प्रसारण लाइन चिचिला गाउँपालिका दिदिङ पुखुवाबाट शुरु भई डाँडागाउँ, आहाले, छ्याङकुटीहुँदै खाँदबारी नगरपालिकाको सेकाहा, मानेभञ्याङ, माथिल्लो चेवा, खोरण्डे, पिप्ले रयले बेँसीहुँदै भोजपुर पुग्ने सतलज कम्पनीको कार्यालय तुम्लिङटारले जनाएको छ । भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् परियोजनाका लागि अहिले सडक, ड्याम साइड, पावर हाउस, सुरुङमार्ग निर्माण धमाधम सञ्चालन भइरहेका छन् । सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सीन्दामा ड्याम साइडको काम भइरहेको छ भने पावर हाउस चिचिला गाउँपालिका दिदिङको पुखुवामा विद्युतगृहस्थलको निर्माण चलिरहेको आयोजनाले जनाएको छ । ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रोबाट ९०० मेगावट विद्युत् उत्पादन हुनेछ । आयोजना निर्माणका लागि करीब १ खर्ब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।  प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ । यस आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, निःशुल्क बिजुली, आय कर, भ्याट र भन्सार शुल्कबाट लाभ लिनेछ । रासस

अरुण तेस्रोको बिजुलीको बजार सुनिश्चित, पीटीसी भारतले किन्‍ने

२० साउन, काठमाडौं । नेपालमा भारतले बनाइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुलीको बजार सुनिश्चित भएको छ । सतलज जलविद्युत् विकास निगमअन्तर्गतको एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले बनाउने आयोजनाको बिजुली पीटीसी भारतले किन्ने भएको छ । एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी र पीटीसी इन्डियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । एसजेभीएन अरुण ३ […]

भरतपुर–बर्दघाट क्षेत्रमा चल्यो नयाँ प्रसारण लाइन

काठमाडौँ । एक पछि अर्को रुग्ण आयोजना सम्पन्न गर्दै गएको नेपाल विद्युत् प्राधिकरणले भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा ल्याएको छ । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको प्रसारण लाइन सञ्चालनमा आएपछि नवलपरासी क्षेत्रमा थप गुणस्तरीय बिजुली समेत प्रवाह हुनेछ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारी स्थिति सवस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब […]

अरुण–४ मा सकारात्मक सहमति

संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरण र भारतको सतलज जलविद्युत् निगमले संंयुक्त रूपमा निर्माण गर्ने भएका छन् । प्राधिकरणले निर्माणको जिम्मा पाएको यो आयोजना सतलजसँग मिलेर संयुक्त कम्पनी खडा गरी निर्माण हुने भएको हो । नेपाली र भारतीय सरकारी कम्पनी मिलेर जलविद्युत् आयोजना बनाउन लागिएको यो पहिलो हो । जुन आयोजना निर्माणपछि नेपालले आर्थिक रूपले लाभ प्राप्त गर्ने देखिन्छ । यसबाट नेपालको अर्थतन्त्र सुधार हुनुको साथै जलविद्युत्का अन्य आयोजना बन्न/बनाउन प्रोत्साहन मिलेको छ । यसबाट जलविद्युत्को विकासका लागि नयाँ ढोका खोल्ने देखिन्छ । भारतले नेपालका लागि भन्दा पनि आफ्नो आवश्यकता पूरा गर्न नेपालमा जलविद्युत्प्रति आकर्षण देखाएको हो भन्ने बुझेर सोही अनुसार मोलमोलाइ क्षमता राखी राष्ट्रिय हितको संरक्षण गर्नुपर्छ । विश्वभरि नै ऊर्जालाई रणनीतिक वस्तु मानिन्छ । ऊर्जाको निरन्तर आपूर्ति र मूल्यलाई सबै मुलुकले उच्च प्राथमिकतामा राखेका हुन्छन् । खनिज तेलमा केही सीमित मुलुकको वर्चस्व भएको हुँदा यसको विकल्प खोज्न थालिएको छ । भारत पनि यही समस्याबाट पीडित छ । त्यसैले छिमेकको जलविद्युत् अहिले उसको प्राथमिकतामा पर्न थालेको देखिन्छ । विगतका दशकको भारतीय रणनीति हेर्ने हो भने उसले नेपालको जलविद्युत्मा चासो नदिएको पाइन्छ । केही वर्षयता भने उसले नेपालका धेरै प्रस्तावलाई स्वीकार गरेको छ र जलविद्युत्को विकासका लागि बाटो खोल्ने थुप्रै प्रावधानहरू खुकुलो पार्दै लगेको पनि छ । यद्यपि अझै तेस्रो मुलुकले लगानी गरेको बिजुली नकिन्ने नीतिमा भने ऊ अडिग रहेको छ । भारत अहिले ऊर्जा संकटमा फसेको छ । यसको दिगो समाधानका लागि नेपालको जलविद्युत् उसका लागि राम्रो विकल्प हुन सक्छ । त्यही भएर नेपालका शर्तसहित आयोजनाहरू बनाउन र विद्युत् खरिद गर्न ऊ केही उदार बनेको हो भन्न सकिन्छ । अरुण–४ बाट नेपालले २१ दशमलव नौ प्रतिशत बिजुली निःशुल्क प्राप्त गर्नेछ । यसको लगानीको जोहो पनि सतलज नै गर्नेछ । त्यस्तै यसबाट उत्पादित बिजुली आफूलाई नचाहिएमा भारत र बंगलादेशलाई विक्री गर्न सक्ने व्यवस्था छ । यसरी यो सम्झौताबाट नेपाललाई फाइदा नै हुने देखिन्छ । भारतलाई आयोजनाहरू बनाउन दिनु भनेको भारतकै लाभका लागि हो । त्यसैले ऊ नेपालमा जलविद्युत्मा सहकार्य गर्न इच्छुक छ । यस्तोमा नेपालले आफ्ना केही राष्ट्रिय स्वार्थ पूरा गर्न कडा मोलमोलाइ गर्न सक्नुपर्छ तर यसमा नेपालले कूटनीतिक सामथ्र्य देखाउन नसकेको देखिन्छ । अहिले नेपाल माथि परेको अवस्था रहेकाले यो अवसर गुमाउनु हुँदैन । नेपाल भ्रमणमा आएका समकक्षी नरेन्द्र मोदीसँग शेरबहादुर देउवाले भैरहवाको हवाइ प्रवेश विन्दु दिए पश्चिम सेती आयोजना भारतलाई दिने प्रस्ताव गरेको चर्चा चलेको छ । यो साँचो हो भने देउवाको रणनीति सही छ । भैरहवा अन्तरराष्ट्रिय विमानस्थलका लागि यो प्रवेश विन्दु निकै महत्त्वपूर्ण छ । भारतले पनि कुनै ठूलै स्वार्थपूर्ति नगरी यो विन्दु सहजै नेपाललाई दिने सम्भावना कमै देखिएको छ । यस्तोमा जलविद्युत् आयोजना निर्माण गर्न दिएर नेपालले यो विन्दु प्राप्त गर्न सक्यो भने ठूलै उपलब्धि हुनेछ । नेपाल र भारतबीचको सम्बन्ध विशेष छ भनिन्छ तर समस्याहरू गुजिल्टिएर बसेका छन् । जति नै विशेष सम्बन्ध भने पनि यी समस्याको गाँठो नफुकाएसम्म भित्रभित्रै अविश्वास र आशंका रहिरहन्छ । अतः जलविद्युत् आयोजना नेपालले आफ्नो राष्ट्रिय स्वार्थ पूरा गर्ने गतिलो माध्यम हुन सक्छ । यस्तो गर्न सक्दा जलविद्युत्का आयोजनाबाट दुवै देशले लाभ लिन सक्छन् । दुई मुलुकबीच भनाइमा मात्र होइन, कार्यमा समेत विशेष सम्बन्ध प्रमाणित हुनेछ । स्रोत नेपालको भएकाले आफ्नो हैसियत सके माथि, नभए बराबरी बनाउन सधैं चनाखो हुनुपर्छ । भारतले नेपालका लागि भन्दा पनि आफ्नो आवश्यकता पूरा गर्न नेपालमा जलविद्युत्प्रति रूची देखाएको हो भन्ने बुझेर सोही अनुसार मोलमोलाइ क्षमता राखी राष्ट्रिय हितको संरक्षण गर्नुपर्छ ।

१९ प्रतिशतले बढ्यो अरुण कावेलीको खुद नाफा, ईपिएस ३४ रुपैयाँ

चालु आर्थिक वर्ष ७८/७९ को पहिलो त्रैमासमा अरुण कावेली पावर Arun Kabeli Power  को खुद नाफा १९.२३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ११ करोड ३५ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी खुद नाफा बढेर १३ करोड ५३ लाख पुगेको हो । यस अवधिमा कम्पनीले २६ करोड ६९ लाख बराबरको बिजुली बेचेको थियो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २२ करोड ५२ लाख बराबरको बिजुली बेचेको थियो । कम्पनीको चुक्ता पुंजी १ अर्ब ५८ करोड रहेको छ भने रिजर्भमा २६ करोड ६९ लाख रहेको छ ।  कम्पनीको प्रति शेयर आम्दानी ३४.१५ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२६.८१ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३०.२८ रुपैयाँ थियो भने प्रति शेयर नेटवर्थ ११३.७३ रुपैयाँ थियो ।

तल्लो अरुण सुटुक्क भारतको झोलामा, नेपालको बिजुली खोलामा

४ असोज, काठमाडौं । नेपालले दशैं आसपासमा नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक राख्ने प्रस्ताव गरेको छ । साँझको पिक आवरमा साढे २०० मेगावाटसम्म बिजुली खेर जान थालेपछि नेपाल विद्युत प्राधिकरणले यसको खपतको लागि भारतीय विद्युत बजार प्रवेश नगरी भएको छैन । तर, पछिल्लो पटक तल्लो अरुण जलविद्युत आयोजना सहजै सुम्पिएपछि भारतसँग ऊर्जा बजार खुलाउने ‘नोगेसियसन’को बलियो […]

कहिले खुल्ला नेपालको बिजुली बंगलादेशमा बेच्‍ने ढोका ?

१० चैत, काठमाडौं । अरुण तेस्रो आयोजना बनाइरहेको एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीले ७०२.९ मेगावाट बिजुलीको खरिदबिक्री सम्झौता (पीपीए) गर्न प्रस्ताव आह्वान गर्‍यो । संखुवासभाको मकालु गाउँपालिकामा बनाइरहेको अरुण–३ जलविद्युत् परियोजनाबाट उत्पादन हुने बिजुली बिक्रीका लागि …

अरुण तेस्रोको बिजुली सात जिल्ला हुँदै भारत लगिने

संखुवासभा — मुलुकको नै बहुचर्चित अरुण तेस्रो जलविद्युत्त परियोजनाको ट्रान्समिसन लाइन सात वटा जिल्ला हुदै भारत लगिने भएको छ । बहुचर्चित परियोजनाले संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुषा हुँदै मोहतरीबाट भारत पुर्‍याउने तयारी भएको सतलज कम्पनीले जनाएको छ । विद्युत्त उत्पादन स्थल दिदिङको पुखुवाबाट ट्रान्स...