तीन सातासम्म लगनखेलमा रहेको रातो मच्छिन्द्रनाथको रथ बुधबार जावलाखेल लगिएको छ। गुरुज्यूको पल्टनले हर्षबढाइँ गरेपछि विभिन्न टोलका बासिन्दा भेला भएर रथ तानेर जावलाखेल पुर्याएका हुन्। रथलाई जावलाखेल पुर्याएपछि पल्टनले फेरि हर्षबढाइँ गरिन्छ। यस क्रममा जीवित कुमारीलाई पनि कुमारीपाटीस्थित पाटीमा विराजमान गराई रथ तानेको अवलोकन गराउने परम्परा पनि रहेको छ। रथलाई जावलाखेल लगेपछि भोटो देखाउने मितिले औपचारिकता पाउँछ। यो वर्ष जेठ २१ गते भोटो जात्रा गर्ने तयारी छ । रथय