जनकपुर उपमहानगरमा वडालाई ट्याक्टर हस्तान्तरण

जनकपुरधाम : जनकपुरधाम उपमहानगरले वडाहरूलाई ट्याक्टर हस्तान्तरण गर्न शुरु गरेको छ। शुक्रबार जनकपुरधाम उपमहानगरका मेयर मनोजकुमार साहले वडाध्यक्षहरूलाई ट्याक्टर हस्तान्तरण शुरु गरेका हुन्। उपमहानगरमा सरसफाइ नहुने गरेको गुनासो आइरहेका वेला उपमहानगरले सरसफाइका लागि प्रत्येक वडालाई एक ट्याक्टर हस्तान्तरण गरेको हो। प्रत्येक वडाको सफाइको जिम्मा वडाध्यक्षलाई दिइने गरी ट्याक्टर हस्तान्तरण गरिएको मेयर साहले जानकारी दिए।आफ्नो घर वा प्रतिष्ठान अगाडि फोहर गर्नेलाई उपमहानगरले दण्डित गर्ने उनले बताए।जनकपुर

सम्बन्धित सामग्री

अग्नी ग्रुपले ल्यायो महिन्द्राको नयाँ ट्याक्टर, कृषिको लागि नयाँ क्रान्ति मेसिन

काठमाडौं । महिन्द्रा समूह अन्तर्गतको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले ईभो टेक प्लस ट्याक्टर नेपालमा सार्वजनिक गरेको छ । महिन्द्राको नेपाल स्थित डिलर अग्नी ग्रुपले नयाँ प्रविधिको ट्याक्टर आजबाट बजारमा ल्याएको हो । कृषि क्षेत्रमा उपयोग हुने यस्ता ट्याक्टरको विराटनगर, दमक, जनकपुर, विरगंज, चितवन र नेपालगन्जमा रहेका ६ वटा अग्नी शाखा र डिलरबाट एक साथ […]

व्यापार मेलामा ४ करोडको कारोबार

जनकपुरधाम । स्वदेशी उत्पादनलाई स्थानीय स्तरमा पुर्‍याउन जनकपुर वाणिज्य संघले आयोजना गरेको जनकपुरधाम अन्तरराष्ट्रिय व्यापार मेला सम्पन्न भएको छ । मेला फागुन ५ देखि १४ गतेसम्म जनकपुरधामको तिरहुतिया गाछीमा सञ्चालन भएको थियो । मेलामा स्वदेशी र विदेशी उत्पादनका १४० स्टल थिए । मेलामा विभिन्न बैंक, वित्तीय संस्था तथा व्यापारीका गरी १०० ओटा स्टल मात्र भाडामा दिइएको थियो । मेलामा चारपांग्रे सवारीसाधन, इ–रिक्सा, ट्याक्टर, आँटा, बेसन, कपडा, मिथिला आर्टलगायत भारत, पाकिस्तान, बंगलादेशमा उत्पादित सामानका स्टल रहेको संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । मेलामा जनकपुरधाम नगरभित्रका १२ उद्योगबाट उत्पादित सामान स्टलमार्फत विक्री वितरण भएको पनि उनले जानकारी दिए । मेलामा करीब ४ करोड रुपैयाँको कारोबार भएको महासेठले जानकारी गराए । उनका अनुसार मेला सञ्चालन गर्दा ४५ लाख रुपैयाँ बराबर खर्च भएको छ । मेला आयोजनाका लागि मधेश प्रदेशको उद्योग मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका, जनकपुर बृहत्तर विकास परिषद् र संघले आर्थिक सहयोग गरेको उनले बताए ।

धनुषामा दुर्घटना हुँदा दुईको मृत्यु

जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत धनुषाको लक्ष्मीनियाँमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।