कोरोना संक्रमित बिरामीको उपचारमा सहजताका लागि कपिलवस्तुको २ पालिकाले एम्बुलेन्स खरिद गर्ने भएको छ । शिवराजन नगरपालिकाले एकै पटक ३ र कपिलवस्तु नगरपालिकाले एक वटा एम्बुलेन्स खरिद गर्नै भएको हो । संक्रमित बढे पछि उनीहरुलाई आइसोलेसन सेन्टर अस्पतालमा पुर्याउनको लागि एम्बुलेन्स खरिद गर्न लागिएको हो । तत्कालका लागि दुबै नगरपालिकाले एक एक एम्बुलेन्स भाडामा लिने तयारी गरेका हुन ।