राम्रो सेवा दिने बीमा कम्पनीलाई बजारमा अवसर प्रशस्त छन् [अन्तर्वार्ता]

पछिल्ला वर्षहरूमा नेपालमा बीमाको पहुँच बढ्दै गएको छ । बीमा कम्पनी तथा शाखा संख्या विस्तार, सरकारको प्रोत्साहन, नियामकीय नीतिलगायत कारण बीमाको दायरा बढेको हो । यद्यपि अर्थतन्त्र मन्दी उन्मुख बन्दाको असर अन्य व्यावसायिक क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि परेको छ । प्रस्तुत छ, जीवन बीमा व्यवसायको वर्तमान अवस्था, आर्थिक सुस्तीको असर, बीमा प्रडक्ट लगायत विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले जीवन बीमक संघ नेपालका अध्यक्ष एवं सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलसँग गरेको कुराकानीको सार : अहिले जीवन बीमा व्यवसायको अवस्था कस्तो छ ? विगतका ५–७ वर्षमा नेपालमा बीमाको पहुँचमा निकै वृद्धि भएको देखिन्छ । अहिले झन्डै ४५ प्रतिशत नागरिक बीमाको पहुँचमा छन् । कोरोना महामारीमा पनि बीमा क्षेत्रको विकास र विस्तार रोकिएको थिएन । अहिले भने मन्दीको केही प्रभाव देखिएको छ । समग्र बीमा क्षेत्रलाई नै असर गरेका बेला सिटिजन लाइफ पनि यसबाट अलग छैन । बीमाको पहुँच विस्तार हुनुमा के के कारण छन् ? बीमाको दायरा बढ्नुमा कम्पनीको संख्या, सचेतना र सरकारको सक्रियता मुख्य कारण छन् । बीमा ऐनमै बीमा विकासको कार्यक्रम गर्नुपर्ने भनिएको छ । विगतमा भन्दा अहिले बीमाको सचेतना बढेको छ । तर विद्यालय तहदेखि नै बीमाबारे पढाउन आवश्यक छ । यस्तै नेपालमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बीमा अनिवार्य गरिएको छ । कर्जा लिनेहरूले पनि लघुबीमा गर्नुपर्ने भएकाले बीमा छोटो समयमै धेरै मानिसको पहुँचमा पुगेको छ ।  अहिले बीमालेख त्याग गर्नेहरू बढेका देखिन्छन् । कारण के होलान् ? बीमालाई बचतको रूपमा पनि लिने गरिन्छ । त्यसैले स्रोतहरू खुम्चिँदा आर्थिक आवश्यकता पूर्ति गर्न बीमितले बीमालेख त्याग गरेको पाइन्छ । अर्थतन्त्रको मन्दी उन्मुख अवस्थाका कारण विगत वर्षको तुलनामा अहिले बीमालेख त्याग गर्नेको संख्या बढेको देखिए तापनि ६५० अर्ब रुपैयाँको पोर्टफोलियोमा १२–१४ अर्ब बराबरको बीमालेख त्याग हुनु धेरै रकम होइन ।  नेपालमा जीवन बीमामा के कस्ता प्रडक्ट छन् ? दक्षिण एसियाका सबैजसो मुलुकमा एउटै किसिमका प्रडक्ट भएको पाइन्छ । बचतसँग सम्बन्धित बीमाका प्रडक्ट धेरै छन् । नेपालमा बीमालेख परिपक्व हुँदा बचत रकमका साथै बोनस पनि आउने किसिमका प्रडक्ट छन् । सिटिजन लाइफमै यस्ता प्रडक्ट ९ प्रकारका छन् । बीमा क्षेत्रभन्दा अन्य क्षेत्रमा लगानी गर्दा बढी प्रतिफल पाइन्छ भनिन्छ नि ? यसमा व्यक्तिको आवश्यकता र बुझाइले पनि फरक पार्छ । कतिपय व्यापारीले जोखिम न्यूनीकरणका लागि बीमा गर्छन् भने जागीर गर्नेहरूले अनिवार्य बचतका लागि समेत बीमा गर्छन् । लगानीका विभिन्न उपकरणमध्ये बीमा पनि एक हो । बीमाले लगानीलाई विविधीकरण गर्न मद्दत गर्छ । बीमाबाट पनि बजारका अन्य क्षेत्रले दिने बराबरको प्रतिफल पाउन सकिन्छ । सञ्चालनमा रहेका बीमा कम्पनीलाई नयाँ लघु बीमा कम्पनीको प्रवेशले कस्ता चुनौती थपिएका छन् ? नयाँ कम्पनीको प्रवेशसँगै पक्कै पनि चुनौती थपिएको छ । तर उहाँहरू भर्खरै आउनुभएकाले कसरी अगाडि बढ्नुहुन्छ, हेर्न बाँकी नै छ । बजार सबैलाई खुला भएकाले अवसर र चुनौती सबैलाई उत्तिकै छ । नयाँ कम्पनीले ल्याउने प्रडक्ट, दिने सेवा र भुक्तानीमा धेरै कुरा निर्भर हुन्छ । तर राम्रो सेवा दिने बीमा कम्पनीहरूलाई बजारमा अवसर प्रशस्त छन् । प्राधिकरणले निर्धारण गरेको चुक्तापूँजी कसरी पुर्‍याउने योजना छ ? कम्पनीका भावी योजना के के छन् ? सिटिजन लाइफले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि प्रिमियममा आइपिओ निष्कासन गर्दै छ । आइपिओ र कम्पनीको नाफाले प्राधिकरणले निर्धारण गरेको ५ अर्ब रुपैयाँ चुक्तापूँजी सजिलैसँग पुग्छ । अबका केही वर्षमा विभिन्न रणनीति बनाएर कम्पनीलाई विश्वासिलो ब्राण्ड बनाउने योजना छ । यस्तै लगानीकर्ताका लागि उच्च प्रतिफल दिने, अभिकर्ता र युवालाई कामका लागि आकर्षक कम्पनी बनाउने र गुणस्तरीय सेवा एवं उत्कृष्ट प्रडक्ट ल्याउने योजना छन् ।  सिटिजन लाइफको आइपिओमा लगानीकर्ताले किन लगानी गर्ने ? सिटिजन लाइफले दीर्घकालीन लगानीकर्तालाई उचित प्रतिफल दिन्छ । कम्पनीको वित्तीय अवस्था अन्य प्रतिस्पर्धी कम्पनीको भन्दा राम्रो छ । कम्पनीको रिजर्भमै १ अर्ब रुपैयाँभन्दा बढी छ । कम्पनीको ९० प्रतिशतभन्दा बढी लगानी दीर्घकालीन प्रतिफल आउने क्षेत्रमा भएकाले राम्रो प्रतिफल दिनेमा लगानीकर्ता ढुक्क हुनुभए हुन्छ । सर्वसाधारणले कुन प्रकारको बीमा गर्दा फाइदा हुन्छ ? बजारमा बीमाका विविध किसिमका प्रडक्ट भएकाले आफ्नो आवश्यकता र प्राथमिकता हेरेर बीमालेख छनोट गर्नुपर्छ । जस्तै, कुनै व्यक्तिलाई पेन्सनको आवश्यकता छ भने पेन्सन प्रडक्ट लिनुपर्छ । बीमा कम्पनीको सेवाबारे गुनासो पनि सुनिन्छ । अहिले सेवाको गुणस्तरमा केही सुधार भएको छ ? अहिले जीवन बीमा कम्पनीहरूमा त्यस्तो समस्या खासै छैन । विगतमा जस्तो दाबी भुक्तानीमा पनि समस्या छैन । बीमा कम्पनीहरूको सेवाको गुणस्तरमा पहिला भन्दा धेरै सुधार भएको छ । प्राधिकरणका अनुसार कम्पनीहरूले हजारौं संख्यामा भुक्तानी गर्दा २००–३०० गुनासो मात्र प्राधिकरणमा पुग्ने गरेको छ । विगतको तुलनामा समग्र बीमा व्यवसायमा धेरै नै सुधार भए तापनि थप सुधार गर्न सकिने ठाउँ प्रशस्त छन् । 

सम्बन्धित सामग्री

बीमा समिति औपचारिक रूपमा नेपाल बीमा प्राधिकरणमा रुपान्तरण

नेपाल बीमा समिति औपचारिक रूपमा नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको छ ।

बीमा समिति 'नेपाल बीमा प्राधिकरण' मा रूपान्तरण

काठमाण्डौ –  नेपाल बीमा समिति आज (मङ्गलवार) देखि औपचारिकरूपमा नेपाल बीमा प्राधिकरणमा रूपान्तरण भएको छ ।  कुपण्डोलमा रहेको पुरानो बीमा समितिको भवनमा नेपाल बीमा प्राधिकरणको औपचारिकरूपमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ कार्यालयको बोर्ड अनावरण गरेर सुरुवात गर्नुभएको हो । नेपाल सरकारले ल्याएको नयाँ बीमा ऐन २०७९ आजदेखि कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण काम कारबाही प्राधिकरणमा रूपान्तरण भएको हो ।  गएको भदौ अन्तिममा सङ्घीय संसदबाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्य...

आजबाट बीमा समिति बीमा प्राधिकरणमा रूपान्तरण

काठमाडाैँ- बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति मंगलबारबाट बीमा प्राधिकरणमा रूपान्तरण भएको छ। बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण काम-कारबाही प्राधिकरणमा रूपान्तरण भएको हो। भदौ अन्तिममा संघीय संसदबाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियाे। राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा ऐन मंगलवारबाट […]

बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’

२२ कात्तिक, काठमाडौं । बीमा समितिले आज मंगलबारदेखि ‘नेपाल बीमा प्राधिकरण’का रुपमा काम थालेको छ । बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति औपचारिक रुपमा आजदेखि बीमा प्राधिकरणमा रूपान्तरण भएको हो । बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ […]

बीमा समिति आजदेखि बीमा प्राधिकरण

बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति मंगलबारबाट बीमा प्राधिकरणमा रूपान्तरण भएको छ । बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो ।भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको हो । राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा ऐन मंगलवारबाट लागू हुँदै छ । मंगलवार नै समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा हुँदै छ । ऐनको व्यवस्थाअनुसार हाल का

राष्ट्रिय बीमा संस्थानको पहिलो संस्थागत अभिकर्ता बन्यो मेरो बीमा

सारथी एजेन्सी प्रालि (मेरो बीमा) र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठक र मेरो बीमाका प्रमुख कार्यकारी अधिकृत शंकर बहादुर घिमिरे हस्ताक्षर गरेका हुन् ।  यो सम्झौतासँगै मेरो बीमा राष्ट्रिय बीमा संस्थानको पहिलो संस्थागत अभिकर्ता बनेको छ । केही समय अघि सार्वजनिक भएको मेरो बीमा एउटा मोबाइल एप हो ।...

बीमा समितिले गर्‍यो यी ११ बीमा कम्पनीलाई कारबाही

लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बीमा कम्पनीलाई बीमा समितिले कारबाही गरेको छ ।

अब कफिखेतीको पनि बीमा

अब कफिखेतीको पनि बीमा गर्न पाइने भएको छ । बीमा समितिले ‘कफिखेती बीमालेख’ लागू गरेपछि सम्बद्ध व्यवसायी तथा किसानलाई उक्त खेतीको बीमा गर्ने बाटो खुलेको हो । समितिले ‘बाली तथा पशुपक्षी बीमा निर्देशन–२०६९’ अनुसार उक्त बीमालेख लागू गरेको हो । समितिले उक्त बीमालेख सोमवार नै जारी गरिसकेको छ । समितिले कृषि तथा पशुबीमाअन्तर्गत विभिन्न पोलिसी ल्याउँदै आएको छ । यस क्रममा कफिखेतीको पनि बीमा गर्न मिल्ने गरी नयाँ पोलिसी ल्याइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । कफिखेतीमा हु...

धानलगायत सबै बाली तथा पशुधनको बीमा हुन्छ, बीमा गर्ने गरौँ

यदि अहिले धानको बीमा गरिएको भए किसानले सजिलै क्षतिपूर्ति पाउँथे । तर, धानको बीमा हुन्छ भन्ने धेरै किसानलाई थाहा नै भएन । किसानलाई थाहा नहुनुमा बीमा कम्पनी तथा अन्य जिम्मेवार निकायले पनि आफ्नो भागमा परेको दोष स्वीकार गर्नुपर्छ ।  अहिलेको बेमौसमी वर्षाले किसानको धानबालीमा धेरै नै नोक्सान पुर्यायो । यदि धानबालीको बीमा गरिएको भए बीमा कम्पनीले अवश्य नै क्षतिपूर्ति दिन्थे ।  बीमा कसरी गर्ने के गर्ने भन्ने सम्बन्धमा थाहा नभएको पनि हुनसक्छ । बीमा कम्पनीले देशभर कृषि बीमा सम्बन्धी शाखाहरु खोलेका छन् । ती शाखामा सम्...

‘बीमा संस्थान र बीमा कम्पनीलाई किन कारबाही हुँदैन ?’

८ भदौ, काठमाडौं । बीमा क्षेत्रमा देखिएको बेथिति रोक्न नसकेको भन्दै महालेखा परीक्षकको कार्यालयले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिलाई प्रश्न गरेको छ । सरकार समेतको लगानी रहेका दुई कम्पनीहरुमा मनपरी धेरै देखिएको भन्दै महालेखाले प्रश्न उठाएको हो । दुई कम्पनीहरु राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीहरुले लामो समयदेखि सामान्य नीति नियम समेत पालना […]