काठमाडौं, २९ कार्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आफ्नो सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् । आफ्नो पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री पोखरेलले उनलाई आज (मंगलबार) बर्खास्त गरेका हुन् । मुख्यमन्त्री पोखरेलको यो दोस्रो एक्शन हो । यसअघि उनले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई पनि […]