नेपाल बंगलादेश बैंकले काठमाडौँ उपत्यकाका १० सहित २७ स्थानको जग्गा बिक्रि गर्ने

नेपाल बंगलादेश बैंक Nepal Bangladesh Bank Limited ले काठमाडौँ उपत्यकाका १० सहित २७ स्थानको जग्गा बिक्रि गर्ने भएको छ । बैंकले शिलबन्दी बोलपत्र मार्फत घर जग्गा लिलाम बिक्रिको लागि १७ दिने सूचना निकालेको छ । बैंकको कर्जा असुली विभागले निकालेको सूचनामा बैंकले काठमाडौँका ५, लैलितपुरका ५ र देशका विभिन्न स्थानका गरि २६ ठाउँको घर जग्गा जे जस्तो अवस्थामा छ , सोहि अवस्थामा लिलाम बिक्रि गरिने उल्लेख छ । बैंकले इच्छुक खरीदकर्तालाई १५ दिन भित्र केन्द्रिय कार्यालयमा रहेको कर्जा असुली विभाग वा शाखाहरु  बिजुलीबजार, बिराटनगर, जनकपुर, बिर्तामोड, धरान र राजविराज शाखामा शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ। त्यस्तै  आफुले कबुल गरेको रकमको १० प्रतिशत रकम गुड फर पेमेन्ट चेक बुझाउनु पर्ने बैंकले उल्लेख गरेको छ । २० गतेसम्म बोलपत्र पेश गर्ने र मङ्सिर २१ गते बोलपत्र खोलिने बैंकले जनाएको छ ।  

सम्बन्धित सामग्री

नेप्सेमा ३ वाणिज्य बैंकसहित ४ कम्पनीको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वाणिज्य बैंकसहित ४ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा ४ कम्पनीको गरि कुल २ करोड ६७ लाख ५८ हजार ४ सय ७४ दशमलव ४१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । आज सनराइज बैंक, लक्ष्मी बैंक, नेपाल बंगलादेश बैंक र गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको हो । सनराइज बैंकको ६.६५ प्रतिशतले हुन आउने ६३ लाख ९ हजार ४ सय ८३ दशमलव ०९ कित्ता बोनस शेयर , लक्ष्मी बैंकको ८ प्रतिशतले हुन आउने ८५ लाख ५६ हजार ५ सय ५१ दशमलव ८९ कित्ता बोनस शेयर , नेपाल बंगलादेश बैंकको १२ प्रतिशतले हुन आउने १ करोड ८ लाख ५ हजार ७ सय ८५ दशमलव ४३ कित्ता बोनस शेयर र गुराँस लाइफ इन्स्योरेन्सको ५.५००४ प्रतिशतले हुन आउने १० लाख ८६ हजार ६ सय ५४ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन्   ।

बंगलादेश बैंकको शेयर खरीद बिक्रि विवाद अदालतमा, दुगडले हाले २ वटा मुद्दा

नेपाल बंगलादेश बैकको प्रमुख संस्थापक शेयरधनी आई.एफ.आई.सि.बैक विरुद्द सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले मुद्दा दायर गरेका छन् । अध्यक्ष दुगडले आई.एफ.आई.सि.बैक, नेपाल बंगलादेश बैंक र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर उच्चा दलत पाटनमा पुस २१ गते २ वटा मुद्दा दायर गरेका छन् ।  आफ्नो स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको शेयर बिक्रि गर्नको आई.एफ.आई.सि.बैकले आफुसँग सम्झौता गरेको तर सम्झौता विपरित अहिले शेयर अरु नै पक्षलाई बिक्रि गर्न लागेको भन्दै दुगडले मुद्दा दायर गरेका हुन्  । बैंकको सम्पूर्ण सेयर १५७ रुपैयाँ प्रति कित्ताका दरमा खरिद गर्ने गरी सम्झौता भएको र सो सम्झौता बिपरित अहिले आई.एफ.आई.सि बैंकले अर्कै समुहलाई शेयर बिक्रि लागेको भन्दै दुगडले मुद्दा दायर गरेक हुन्। दुगडले निषेधाज्ञा र परमादेश गरि २ वटा मुद्दा दायर गरेका हुन् । सम्झौता गरिसकेको अवस्थामा आफुलाई निषेध गरेर अर्को पक्ष सँग शेयर खरीद बिक्रि गर्न लागेको भन्दै उनले त्यसलाई रोक्न माग गरेका छन् ।  त्यस्तै उनले आफुसँग भएको पुरानो सम्झौता अनुसार नै शेयर खरीद बिक्रिको प्रक्रिया अगाडी बढाउँनको लागि परमादेशको माग गरेका छन् । उनले यसबारे नेपाल राष्ट्र बैंकमा उजुरी दिएका छन् ।अदालतमा दायर गरेको मुद्दामा आज पेशी तोकिएपनि उनकै कानुन व्यवसायीको तर्फबाट स्थगित भएको छ । उच्च अदालतका मुख्य न्यायधीश नृपध्वज निरौला र न्यायाधिश नारायण प्रसाद पौडेलको संयुक्त इजलाशमा यो मुद्दा क्रमश १ र २ नम्बरमा पेशी तोकिएको थियो । तर दुवै मुद्दाको सुनुवाई उनकै कानुन व्यवसायीको तर्फबाट स्थगित भएको छ ।