काठमाडौं : सर्वोच्च अदालतले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने निर्णयको सक्कल फाइल मागेको छ।केसीको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिटमा आज प्रारम्भिक सुनुवाई गरी न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले नियुक्त गर्ने निर्णयको सक्कल फाइल मागेको सर्वोच्चका प्रवक्ता बिमल पौडेलले थाहा खबरलाई जानकारी दिए।उनका अनुसार सक्कल फाइलसहित छलफलका लागि दुवै पक्षलाई भदौ २ गते अदालतमा उपस्थित हुन भनिएको छ।सरकारले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गर्ने निर्णय साउन ९ गते गरेको थ