काठमाडौंलाई रचनात्मक सहर बनाउन महानगरले छान्यो चलचित्र विधा

काठमाडौँ । काठमाडौं महानगरपालिकाले रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये चलचित्र विधालाई छानेको छ । युसीसीएन (युनेस्को क्रियटिभ सिटीज नेटवर्क) मा आवद्ध हुन शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नु पर्ने नियम छ । यीमध्ये महानगरको छनौटमा चलचित्र विधा परेको हो । आयोजित समारोहमा महानगरकी […]

सम्बन्धित सामग्री

फिल्मको रचनात्मक सहर

राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले काठमाडौँ महानगरपालिकालाई ‘फिल्मको रचनात्मक सहर’ को नयाँ सदस्यको प्रमाणपत्र प्रदान गरेको छ । युनेस्को नेपालका प्रमुख माइकल क्रफ्टले राजधानीमा सोमबार आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललाई क्रिएटिभ सदस्यताको सर्टिफिकेट प्रदान गर्नुभएको हो । महानगरले चलचित्रसँग सम्बन्धित संस्थालाई बोलाएर क्रिएटिभ सिटीको अवधारणालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा छलफल चलाएको थियो । युनेस्को प्रमुख क्रफ्टले काठमाडौँमा फिल्मको सम्भावना उच्च रहेको र फिल्म जस्तो सफ्टपावरको क्षेत्रलाई समेत विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

‘काठमाडौं क्रिएटिभ आर्टस् काउन्सिल’ स्थापना हुने

काठमाडौं महानगरपालिका युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटिज नेटवर्क)मा छनोट भएसँगै महानगरले फिल्म क्षेत्रको विकास र विस्तारका लागि काठमाडौं क्रिएटिभ आर्टस् काउन्सिल स्थापना गर्ने भएको छ।