नेपाल विद्यार्थी संघको वैधानिक पूर्णताका लागि शेखर कोइराला पक्षीय विद्यार्थी नेताहरुले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । साउन मसान्तभित्र भ्रातृसंस्था गठन र पूर्णता दिने पार्टीको निर्णय कार्यान्वयन गर्न कोइराला पक्षीय नेविसंघका नेताहरुले दबाब स्वरुप प्रदर्शन गरेका हुन् । शेखर कोइराला पक्षसँग सल्लाह गरेर विधानसम्मत भातृ संस्थाको गठन गर्नका लागि दवाव स्वरुप प्रदर्शन गरिएको विद्यार्थी नेता दिनेश शाहीले बताए ।उनले भने, ‘ पार्टी केन्द्रीय समितिको निर्णय नै का