भारतमा कोरोना भाइरसको दोस्रो लहर फैलियो भनेर यतातिरका मान्छेका मुहार मलीन हुनु उति युक्तिसङ्गत नहोला । कोरोना भाइरसविरुद्धको खोप ‘अक्सफर्ड एस्ट्राजेनेका (कोभिसिल्ड)’ निर्यातमाथि भारतले प्रतिबन्ध लगायो भनेर आत्तिनु पनि जायज नहोला । उतातिरको कोरोनाको हावाकावा खाँदै यतातिर हुत्तिएर आउला, नआउला वा उतैबाट बिस्तारै बिलाउँदै जाला, प्रतिक्षाको विकल्प छैन । तथापि, आफू सतर्क हुन र विश्व स्वास्थ्य सङ्गठन एवम् स्वास्थ्य मन्त्रालयद्वारा तोकिएका सावधानीका उपाय अपनाउनचाहिँ बिर्सन हुँदैन । सबैका शरीर र स्वास्थ्यको सुरक्षा कसैले सधैँ गरिदिन सक्दैन ।