काठमाडौँ : काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणका लागि सर्वसाधारणसँग आजदेखि सुझाव मागेको छ। महानगरपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार आजदेखि पाँच दिनका लागि सुझाव दिन खुला गरिएको छ।
सर्वसाधारणले विज्ञ समूहको सचिवालय राष्ट्रियसभा गृह, इमेल र फोनमार्फत आफूलाई लागेको कुरा सुझावका रुपमा दिन सक्नेछन्।
देशविदेशका धेरै ठाउँको जल प्रयोग गरिएको ‘विष्णुतीर्थ’ पुनःनिर्माणका