दिक्तेल–बाम्राङ–बुइपा–गाईघाट सीधा बस सेवा शुरू

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित रत्नपार्कबाट बाम्राङ–बुइपा हुँदै गाईघाटसम्म सीधा बस सेवा शुरू गरिएको छ । खोटाङ यातायात प्रालिले आइतबारदेखि नियमित सञ्चालन हुनेगरी दिक्तेल–बाम्राङ–डल्लेखोला दोभान–दम्कु–बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा शुरू गरेको हो ।      दिक्तेलको रत्नपार्कबाट प्रत्येक दिन दिउँसो ४ बजे बाम्राङ–डल्लेखोला दोभान–दम्कु–बुइपा हुँदै गाईघाटका लागि बस छुट्ने यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडकमा नियमित बस सेवा शुरु भएपछि यात्रुहरू उत्साहित भएका छन् ।       यसअघि रत्नपार्कबाट मुडे–नुनथला–महुरे हुँदै गाईघाटलगायत पूर्वी तराईका विभिन्न जिल्लामा नियमित सीधा बस सेवा सञ्चालनमा थियो । बाम्राङ तथा बुइपाको तल्लो भेगमा पर्ने उक्त सडक खण्डमा नियमित बस सेवा सञ्चालनमा आएपछि यात्रा गर्न तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज भएको छ । बाम्राङ र बुइपाबासीको मागलाई सम्बोधन गर्दै यातायात व्यवसायीसँग सहकार्य गरेर नियमित बस सेवा शुरू गरिएको बाम्राङका वडाध्यक्ष ललित राईले बताए । निर्माण सम्पन्न गरेको लामो समयसम्म प्रयोगविहीन बनेको उक्त सडकखण्डमा नियमित बस सेवा सञ्चालन गर्न यातायात व्यवसायीलाई आग्रह गरिएको छ ।       उक्त सडक खण्डको डल्लेदोभानमा मोटरेबल पक्की पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम सम्पन्न भएको र तीन करोड ८८ लाख लागत अनुमान आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख रिजालले बताए । डल्लेखोला दोभानमा आर्थिक वर्ष २०७७/०७८ मा पुलको बोलपत्र आह्वान हुने र सडक स्तरोन्नतिका लागि विभिन्न निकायसँग समन्वय गर्ने नगरप्रमुख रिजालले जानकारी दिए ।      दश स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तह पछिल्लो समय राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । जिल्लाका सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन स्थानीय तहहरू लागिपरेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका ७९ वटै वडामा साना तथा ठूला यातायात सञ्चालनमा छन् । गाउँगाउँमा निर्माण गरिएका सडकमा नियमित यातायात सञ्चालनमा आएपछि कृषि उपज निर्यात तथा दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत सहज भएको स्थानीय बासिन्दाले बताएका छन् । चौध वर्षदेखि यातायातका साधन सञ्चालन भएको जिल्लामा पछिल्लो समय राजधानी काठमाडौँ तथा पूर्वी तराईका विभिन्न जिल्लासँग सीधा बस सेवा सञ्चालनमा छ । पूर्वी पहाडी जिल्ला खोटाङमा विसं २०६४ मा नेपाली सेनाको हेलिकोप्टरमार्फत गाडी ल्याएर दैनिक यातायात सञ्चालन गरिएको हो । रासस

सम्बन्धित सामग्री

पर्सिदेखि सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा

१ असोज, काठमाडौं । नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुने भएको छ । सरकारले ३ असोजमा संविधान दिवसको अवसर पारी सूर्यविनायक–रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालनको तयारी गरेको हो । यसका लागि सडक विभागले सडकमा मार्किङको काम गरिरहेकाे छ भने यातायात व्यवस्था विभागलाई २५ वटा ठूला बसको व्यवस्थापन गर्ने जिम्मेवारी भौतिक पूर्वाधार […]

उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे छलफल

काठमाडौं उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे प्रधानमन्त्री दाहालले छलफल गरेका छन्।

सिलिगुडी–काठमाडौं बस सेवा सुरु

भारतको सिलिगुडीदेखि नेपालको काठमाडौंसम्म बस सेवा सञ्चालनमा आएको छ  । नेपाल–भारतबीच सन् २०१४ मा भएको नेपाल–भारत मैत्री सेवा सम्झौताअनुरूप बस सेवा सुरु भएको हो ।सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा नेपाल र भारतबीच सिधा सम्बन्ध जोड्नका लागि नेपाल र भारतका प्रमुख सहरबाट सिधा बस सेवा सञ्चालन गर्न सम्झौता भएको थियो […]

सिलिगुडी-काठमाडौं बस सेवा सुरु

काठमाडौं, असार २४ । भारतको सिलिगुडीदेखि नेपालको काठमाडौंसम्म बस सेवा सञ्चालनमा आएको छ । नेपाल–भारतबीच सन् २०१४ मा भएको नेपाल–भारत मैत्री सेवा सम्झौताअनुरुप बस सेवा सुरु भएको हो। सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा नेपाल र भारतबीच सिधा सम्बन्ध जोड्नका लागि नेपाल र भारतका प्रमुख सहरबाट सिधा बस सेवा सञ्चालन […]

सिलिगुडी-काठमाडौं बस सेवा सुरु

भारतको सिलिगुडीदेखि नेपालको काठमाडौंसम्म बस सेवा सञ्चालनमा आएको छ । नेपाल-भारतबीच सन् २०१४ मा भएको नेपाल-भारत मैत्री सेवा सम्झौताअनुरुप बस सेवा सुरु भएको हो।सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा नेपाल र भारतबीच सिधा सम्बन्ध जोड्नका लागि नेपाल र भारतका प्रमुख सहरबाट सिधा बस सेवा सञ्चालन गर्न सम्झौता भएको थियो।भारतको पश्चिम बंगाल सरकारको सरकारी बस सेवा प्रदायक कम्पनी (एनबीएसटीसी) नर्थ बंगाल स्टेट ट्रान्सपोर्ट कर्पोरेसनको मातहतमा रहने गरी अर्बान परिवहन सर्भिस प्राल

भारत र बङ्गलादेशबीच बस सेवा पुनः सञ्चालनमा

एजेन्सी, २७ जेठ । भारत र बङ्गलादेशबीच बस सेवा पुनः सञ्चालनमा आएको छ । अन्तरसीमा बस सेवा अगरनटालाबाट ढाका, कलकत्ता हुँदै अगरटालामै पुग्ने बङ्गलादेशस्थित भारतीय राजदूतावासले जनाएको छ । कोरोना भाइरसको महामारीले बन्द भएको भारत-बङ्गलादेश बस सेवा दुई वर्ष पछि पुनः सञ्चालनमा आएको हो । गत महिना दुई देशबीचको रेल सेवा पुनः सञ्चालनमा आएको थियो […]

गोरखाको माछाखोलामा पहिलो पटक बस सेवा सुरु

उत्तरी गोरखाको दुर्गम क्षेत्र धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा पहिलो पटक बस सेवा सुरु भएको छ । आइतबार गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले रिबन काटेर बस सेवा शुभारम्भ गरेका हुन् । एकसय...

विमानस्थलमा सटल बस सेवा सञ्चालन हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका छन् ।आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औं बेठकको उद्घाटन गर्दै मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताए । उनले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा ४ वटा […]

जनकपुरदेखि भारतको पटनासम्मको बस सेवा पुन: सुरु

जनकपुरदेखि भारतको पटनासम्मको बस सेवा पुन सुरु भएको छ। जनकपुर धाम बस ब्यवसायी संघ तथा जनकपुरधाम उद्योग बाणिज्य संघको प्रयास बाट कार्तिक २० गते देखी बस सेवा पुनः शुरू भएको हो।

काठमाडौँ– काकँडभित्ता बस सेवा विस्तार

काठमाडौँ– काकँडभित्ता बस सेवा विस्तार घोडाघोडी यातायात प्रालिले पूर्वमा बस सेवा विस्तार गरेको छ । यसअघि काठमाडौँ–जोमसोम–मुक्तिनाथ,काठमाडौँ–बेनी–दर्वाङ, काठमाडौँ–बुर्तिवाङ–रुकुमकोट, काठमाडौँ–जाजरकोटलगायतका स्थानमा बस सञ्चालन गर्दै आएको सो यातायातले आजदेखि काठमाडौँ–काकँडभित्ता बस सेवा सञ्चालन गरेको हो । सो प्रालिले नजिकिँदै गरेको चाडपर्वलाई समेत लक्षित गरेर दुईवटा सुपर एसी बस सञ्चालनमा ल्याएको हो । प्रालिका अध्यक्ष सुनिल कुँवरले यात्र