संसद् पुनःस्थापना भए अस्थिरता : प्रधानमन्त्री

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले शनिबार बुटवलमा शक्ति प्रदर्शन गर्‍यो। सिद्धेश्वर उच्च मावि प्रांगणमा आयोजित सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई जनसभा कस्तो हुन्छ भनेर हेर्न बुटवल आउन आग्रह गरे। सुरुमै उनले केही दिनअघि देशभरबाट केही मान्छे जम्मा गरेर आफूलाई ललकार्नेहरूलाई बुटवलको जनसभाले जवाफ दिएको बताए। उनले बुटवलको सभालाई आफ्नो पक्षमा उर्लिएको जनमतका रूपमा व्याख्या गरे।

सम्बन्धित सामग्री

राजनीतिक अस्थिरताको कारक अदालत पनि होः नायब महान्यायाधिवक्ता पाण्डेय

काठमाडौं। नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले देशको राजनीतिक अस्थिरताको कारकमध्ये एक अदालत भएको बताएका छन्। संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाईका क्रममा न्यायाधीस ईश्वरप्रसाद खतिवडाले ‘अदालतकै कारण राजनीतिक अस्थिरता भएको हो?’ भनी सोधेको प्रश्नमा उनले त्यस्तो बताएका हुन्। “विगतमा संसद् पुनःस्थापना भएपछि राजनीतिक अवस्था झन बिग्रीयो। अहिले पुनःस्थापना भएपछि झन् ठूलो समस्या आउँछ,” उनले भने।

भीम रावललाई ओलीको जवाफ : मेरो पार्टीको बारेमा जान्ने भए सर्वोच्चमा जानुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतातर्फ धकेल्न मुद्दा हालेर संसद् पुनःस्थापना गरिएको बताएका छन्। १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले चुना...

संसद् बिउँतिन्छ, भयंकर हुनेवाला छ : पूर्वमन्त्री भुषाल - Purbeli News

पाल्पा । नेपाल कम्प्युनिस्ट पार्टीको सिद्धान्त र नेतृत्वको विचार फरक हुँदा समस्या जटिल बनेको नेकपा दाहाल–नेपाल समूहका नेताहरूले बताएका छन्। उनीहरूले महाधिवेशनमा अध्यक्ष चयन हुँदा नै नेतृत्व फरक विचार र सिद्धान्तबाट प्रेरित भएका कारण अहिले पार्टी विभाजन भएको बताएका हुन्। नेकपा दाहाल–नेपाल समूहका नेताहरूले संसद् पुनःस्थापना नभए देशमा अस्थिरता उत्पन्न भई विद्रोह हुनेसमेत बताए। शनिबार...

चुनावी तयारीमा जुट्न कार्यकर्तालाई देउवाको आग्रह

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव हुने भएकाले तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।          काँग्रेस नुवाकोटको पार्टी कार्यालय (विपी स्मृति भवन)को विदुरमा आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले तोकिएको मितिमा चुनाव हुनेमा विश्वस्त हुँदै पार्टीलाई पहिलो बनाउन प्रचार अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले संसद् विघटनसम्बन्धी सडकमा बहस नगर्न सचेत गराउँदै अदालतको फैसलाको काँग्रेसले स्वागत गर्ने बताउनुभयो ।          “विघटन भएको संसद् पुनःस्थापना हुुनुपर्छ भनेर अदालतमा विचाराधीन विषय संवेदनशील हुन्छ, त्यसमा दबाब दिनुहुन्न”, देउवाले भन्नुभयो, “अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुनाव चिन्ह र पार्टीको आधिकारिता विवाद पनि चुनावी तयारीको सङ्घर्ष हो ।”          कार्यक्रममा पार्टीका नेता प्रकाशमान सिंहले अदालतले विवेकपूर्ण निर्णय दिएर अस्थिरता हटाउछ भन्नेमा आशावादी हुनुपर्नेमा जोड दिनुभयो । पार्टीका केन्द्रीय सदस्य अजुर्ननरसिंह केसी, डा रामशरण महत, गगनकुमार थापा, कमला पन्त, प्रदीप पौडेल, बहादुरसिंह लामा तामाङलगायतले मुलुकमा अराजकता बढिरहेको टिप्पणी गर्नुभयो ।

ओलीका प्रत्येक कदम राजनीतिक अस्थिरता निम्त्याउने खालका छन् : रामचन्द्र पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनःस्थापना नभए देश अझै राजनीतिक द्वन्द्वमा फस्ने बताएका छन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक निर्णयले देशमा झनै अस्थिरता निम्त्याएको उनले भनाइ छ ।