एमसीसी विरोधी नेताहरु प्रचण्ड निवासमा

सत्तारुढ गठबन्धनमा एमसीसीको विपक्षमा रहेका नेताहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन् । छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।खुमलटार स्रोतका अनुसार शुक्रबार विहान १० बजे सत्ता गठबन्धनको बैठक बस्नुअघि एमसीसी विरोधी नेताहरुबीच छलफल भइरहेको छ । सत्ताका नेतृत्व गरेको नेपाली काँग्रेसले एमसीसी टेबल गर्न जोडबल गरिहेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले एम

सम्बन्धित सामग्री

एमसीसी विरोधीको मोर्चा बन्दै, प्रचण्ड र माधव नेपाललाई धक्का लाग्नसक्ने

काठमाडौं, २६ फागुन । एमसीसी विरोधी कम्युनिस्ट शक्तिको मोर्चाबन्दीको प्रयास चलिरहेको छ । उनीहरुको बाक्लो बैठक बस्न थालेको छ । एमसीसी विरोधी गतिविधि बढाएका नेत्रविक्रम चन्द विप्लवको दौडधूप चलि नै रहेको छ । उनले एमसीसीविरोधी झलनाथ खनाल, डा. भीम रावल, नारायणकाजी श्रेष्ठ, नारायणमान विजुक्च्छेलगायतका नेतालाई भेटिसकेका छन् । विप्लवसहितका नेताहरु २५ फागुनमा हरिसिद्धिमा भेला भई […]

प्रचण्ड फेरि ‘घेराबन्दीमा’

काठमाडौं, २१ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि घेराबन्दीमा परेका छन् । उनी पार्टीभित्रै एमसीसी विरोधी नेताहरुबाट चुनौती झेल्न थालेका छन् । सत्ता गठबन्धनमा पनि नेपाली काँग्रेसले चुनावमा गठबन्धन नगर्ने सम्भावनाले प्रचण्ड अप्ठ्यारोमा परेका छन् । एमसीसी अनुमोदन गरेपछि चीन पनि प्रचण्डसँग सशंकित छ । यसरी उनी जताततैबाट अप्ठ्यारोमा परेका छन् […]

प्रचण्ड र बाबुरामको नामै लिएर खनिए विप्लव (भिडिओसहित)

काठमाडौं, २० फागुन । नेकपाका महाचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले देश परिवर्तन गर्छु भनेर आएका नेताहरु साम्राज्यवादसँग घुँडा टेकेर साँठगाँठ गरेको आरोप लगाएका छन् । उनले प्रचण्ड, बाबुराम भट्टराई लगायतको नाम लिएर परिवर्तनको लागि ती नेताले जनतालाई धोका दिएको आरोप लगाए । एमसीसी विरोधी सभालाई आज सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । […]

के प्रचण्डसँग चीन असन्तुष्ट भएको हो ?

काठमाडौं, २० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अनुमोदनको पक्षमा उभिएपछि उनको दलभित्र ठूलै संकट आएको छ । माओवादीभित्र एमसीसी विरोधी पक्ष मोर्चाबन्दी गर्न थालेको छ । माओवादीभित्रको पछिल्लो विकसित घटनाक्रममा बाह्य प्रभावको समेत चर्चा छ । एमसीसीको पक्षमा प्रचण्ड उभिएपछि छिमेकी चीन उनीप्रति असन्तुष्ट भएको बुझिएको छ । चीनले खुलेरै […]

एमसीसीमा अडान परिवर्तन नगर्ने खुमलटार बैठकको निर्णय

सत्ता गठबन्धनका एमसीसी विरोधी तीन दलका नेताहरुको छलफल सकिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा माओवादीका नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । छलफलमा आजै बालुवाटारमा बस्ने सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा एमसीसीबारे समान धारणा कसरी बनाउने ? भन्नेबारेमा छलफल भएको सहभागी एक नेताले बताए । ‘एमसीसीलाई कसरी निकास दिने र समान ध