काठमाडौँ : प्रतिनिधिसभाको शुक्रवारको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर चर्काचर्की भएपछि सत्तापक्षले संसद् अवरोध गरेको छ।सभामुख देवराज घिमिरेले सांसद कोइरी उपचारमा रहेका कारण संसद् बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरूले आपत्ति जनाएका हुन्। सभामुखले कोइरी मिति २०७९ माघ २५ गतेदेखि २०८० वैशाख १५ गतेसम्मका २१ वटा बैठकमा स्वास्थ्योपचारका कारण अनुपस्थित रहेको जानकारी गराएका थिए।सभामुखको कुरामा विरोध जनाउँदै सत्तापक्षका सांसदहरूले संसद् अवरोध गरेका थिए। सोही कारण बैठक