काभ्रेपलाञ्चोक – प्रधानमन्त्री एवम् काठमाण्डौ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्ने बताउनुभएको छ । विश्वविद्यालय राजनीतिबाट मुक्त रहि स्वतन्त्ररूपबाट प्राज्ञिक अध्ययन, अनुसन्धानमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज बिहीवार आयोजित पहिलो चरणको २८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाण्डौ विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवम् प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान् जनशक्ति उत्पादन गर...