एमाले निकट अखिल नेपाल महिला संघ पूर्वी नवलपरासीको अध्यक्षमा कोपिला पौडेल चयन भएकी छन् । कावासोतीमा आइतबार सम्पन्न जिल्ला भेलाले पौडेलको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।
पूर्वी नवलपरासीको प्रतिनिधिसभा २ बाट फराकिलो मतान्तरसहित कांग्रेसका विष्णुकुमार कार्की विजयी भएका छन् ।
एमाले उम्मेदवार तिलबहादुर महत क्षेत्री (तिलक)लाई दुई हजार २१ मतले पछि पार्दै कार्की निर्वाचित भएका हुन् ।...
पूर्वी नवलपरासी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा फराकिलो मतान्तरले कांग्रेसका विष्णुकुमार कार्की विजयी भएका छन् । अघिल्लो पटक आफूलाई १३ सय मतले पराजित गरेका एमाले नेता तिलबहादुर महत क्षेत्री (तिलक)लाई यस पटक कार्कीले २ हजार भन्दा बढी मतान्तरले पछि पारेका हुन् ।
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पूर्वी नवलपरासी १ बाट लगातार चौथोपटकका लागि उम्मेदवार बनेका कोइराला एमाले उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गर्दै विजयी भएका हुन् । कोइरालाले २७,१२७ र पौडेलले २३,३०१ मत ल्याए । यसअघि पनि दुवैजना प्रतिस्पर्धी थिए । २०६४ देखि अहिलेसम्म कोइराला लगातार सांसद जित्दै […]
The post शशांक कोइराला लगातार चौथोपटक सांसद निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नवलपरासी - पूर्वी नवलपरासीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले अग्रता कायमै राख्नुभएको छ। मतगणना सुरु भएपछि अग्रस्थानमा रहनुभएका उहाँले पछिल्लो मतपरिणाम अनुसार १३ हजार आठ सय नौ मत प्राप्त गर्नुभएको छ ।
कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ११ हजार तीन सय १३ मतका साथ पछ्याइरहनुभएको छ भने नेकपा (एमाले) का कृष्ण पौडेलले १० हजार तीन सय सात मत प्राप्त गर्नुभएको छ ।
पूर्वी नवलपरासीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा पनि कांग्रेसकै विष्णुकुमार कार्कीले अग्रता ...
पूर्वी नवलपरासी क्षेत्र नम्बर २ का दुवै प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार भारी मतान्तरले विजयी भएका छन् । निर्वाचन अधिकृत कमलराज पन्थीले दिएको जानकारी अनुसार क्षेत्र नम्बर २ (१) र २ मा क्रमश: एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन् ।
नवलपरासी – प्रतिनिधि सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा कडा प्रतिस्पर्धा हुने देखिएकाे छ । यस क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइराला र नेकपा (एमाले)बाट केन्द्रीय सदस्य कृष्ण पौडेलबीचको प्रतिस्पर्धालाई चासोको रूपमा हेरिएको छ ।
प्रदेशसभातर्फ क्षेत्र नं १ को (१) मा सत्तागठबन्धनबाट कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसी र एमालेबाट एमाले केन्द्रीय सदस्य रवीन्द्र अधिकारी मैदानमा रहनुभएको छ भने क्षेत्र नं १ को (२) मा सत्ता गठबन्धनबाट नेकप...
कावासोती – आसन्न चुनावमा पूर्वी नवलपरासी क्षेत्र नं २ मा पुरानै प्रतिस्पर्धी बीचमा प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की तथा नेकपा (एमाले)का तिलबहादुर महत क्षेत्रीबीच प्रतिस्पर्धा हुँदैछ । कांग्रेसका उम्मेदवार कार्की ३१ वर्ष लामो एमालेको विरासत भत्काएर नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन् भने एमालेका महत आफ्नो पुरानो विरासत […]