पूर्वी नवलपरासी-१ मा शशाङ्कको अग्रता कायमै

नवलपरासी - पूर्वी नवलपरासीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले अग्रता कायमै राख्नुभएको छ। मतगणना सुरु भएपछि अग्रस्थानमा रहनुभएका उहाँले पछिल्लो मतपरिणाम अनुसार १३ हजार आठ सय नौ मत प्राप्त गर्नुभएको छ । कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ११ हजार तीन सय १३ मतका साथ पछ्याइरहनुभएको छ भने नेकपा (एमाले) का कृष्ण पौडेलले १० हजार तीन सय सात मत प्राप्त गर्नुभएको छ । पूर्वी नवलपरासीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा पनि कांग्रेसकै विष्णुकुमार कार्कीले अग्रता ...