विपन्न नागरिकको निःशुल्क बीमा

जिल्लाको पनौती नगरपालिकाले नगरभित्रका विपन्न, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति र एकल परिवारको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको छ । पनौती नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख पुरुषोत्तम तिमल्सिनाले वडा नं. ५ का चौकोटका रामकृष्ण कुवा श्रेष्ठको चार जनाको परिवारको स्वास्थ्य बीमा गरेर मेयर विपन्न स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरिएको जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

मालिका गाउँपालिकाद्वारा विपन्न नागरिकको निःशुल्क बीमा

जिल्लाको मालिका गाउँपालिकाले पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ। विपन्न नागरिकको स्वास्थ्योपचारमा सहयोग गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा ‘विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गर्न लागेको हो।

मालिका गाउँपालिकाद्वारा विपन्न नागरिकको निःशुल्क बीमा

जिल्लाको मालिका गाउँपालिकाले पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ। विपन्न नागरिकको स्वास्थ्योपचारमा सहयोग गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा ‘विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गर्न लागेको हो।

इटहरी उपमहानगरले दुई हजार विपन्न परिवारको स्वास्थ्य बीमा गर्दै

इटहरी उपमहानगरपालिकाले दुई हजार अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरि दिने भएको छ । सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउन निःशुल्क बीमा गरिने उपमहानगरपालिकाले जनाएको छ।...

एक सय परिवारको निःशुल्क स्वास्थ्य बीमा

काठमाडौँ,२३ कार्तिक । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१६ ले गरिब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा अभियान सुरु गरेको छ । स्थानीयको स्वास्थ्य उपचार सहजताका लागि वडा कार्यालयले निःशुल्क बीमा कार्यक्रम थालनी गरेको वडाध्यक्ष विनोद मल्लले बताए । उक्त वडामा पहिलो चरणमा सय विपन्न परिवारलाई स्वास्थ्य बीमा गरिदिने कार्यक्रम सोमबारबाट सुरु भएको वडाध्यक्ष मल्लले जानकारी दिए […]

नागरिकलाई निःशुल्क बीमा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले निर्वाचन जितेका स्थानीय तहका गरीब तथा विपन्न नागरिकहरूको पाँच वर्षको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले राप्रपा काभ्रेद्वारा शुक्रबार बनेपामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राप्रपाले जितेका स्थानीय तहमा एकदेखि कक्षा १२ सम्म निःशुल्क शिक्षा दिइने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई महिनाको एक पटक घरमा नै स्वास्थ्य जाँचको व्यवस्था मिलाइने बताउनुभयो ।

६ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा ६०० विपन्न परिवारको निःशुल्क बीमा गरिएको छ । नगरले ‘मेयर विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत ६०० परिवारको निःशुल्क बीमा गरेको हो । आर्थिक अभावका कारण कुनै पनि नागरिक स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नगरभित्रका विपन्न नागरिकको परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको बताइएको छ । नागरिकको स्वास्थ्यको रक्षा गर्नु नगरको दायित्व रहेकाले यस वर्षदेखि विपन्न नागरिकको स्वास्थ्य बीमा थालिएको नगरप्रमुख भीम न्यौपानेले बताए । उनका अनुसार उक्त बीमा कार्यक्रमबाट करिब तीन हजार नागरिक लाभान्वित हुनेछन् । वडा कार्यालयले विपन्न परिवार पहिचान गरी सिफारिश गरेको आधारमा बीमा गरिएको नगर स्वास्थ्य शाखाले बताएको छ । हाल प्रतिवडा ५० परिवारका दरले सिफारिस गरिएको छ । बीमित परिवारले आउँदो फागुन १ गतेदेखि धुलिखेल अस्पताल र बनेपास्थित रेयुकाई एइको मासुनागा आँखा अस्पतालबाट सेवा लिन सक्ने बताइएको छ ।      स्थानीय नागरिक, सहकारी संस्था र नगरको सहकार्यमा अन्य आर्थिक अवस्था कमजोर भएका करीब ४ हजार परिवारको स्वास्थ्य बीमा गर्ने नगरको योजना छ । नागरिक र सहकारीको ३३/३३ प्रतिशत तथा नगरको ३४ प्रतिशत रकमबाट उक्त परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिने नगर स्वास्थ्य शाखाले बताएको छ । रासस

पनौतीका ६ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

पनौती नगरपालिकामा ६०० विपन्न परिवारको निःशुल्क बीमा गरिएको छ। नगरले ‘मेयर विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’अन्तर्गत ६०० परिवारको निःशुल्क बीमा गरेको हो। आर्थिक अभावका कारण कुनैपनि नागरिक स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नगरभित्रका विपन्न नागरिकको परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको जनाइएको छ।