अनुष्काको कपडा लिलामीमा

बलिउड अभिनेत्री अनुष्का शर्माले गत जनवरीमा छोरी जन्म दिइन् । गर्भवती अवस्थामा अनुष्काले स्टाइलिस कपडाहरूमा विभिन्न पोज दिँदै फोटोसुट गराएर चर्चामा कमाइन् । गर्भवती अवस्थामा उनले लगाएको कपडाको मूल्यले पनि खुब चर्चा पायो। उनले लगाएको एक कपडाको मूल्य ४५ हजार रहेको चर्चा थियो। अब उनले गर्भवती अवस्थामा लगाएको स्टाइलिस्ट कपडा लिलामीमा राखेकी छिन्। भारतीय सञ्चार […]

सम्बन्धित सामग्री

वारेन बफेट : टिकटक चलाउँदैनन् तर, टिकटकमै 'भाइरल' छन्

काठमाडौं । 'लगानी गुरु' भनेर चिनिने अमेरिकी अर्बपति लगानीकर्ता वारेन बफेटले टिकटक चलाउँदैनन् । तर, टिकटकमा उनको भनाइ भएका भिडियोहरू भाइरल छन् ।  सन् १९९९ मा वफेटले शेयर खरीदसम्बन्धी टिप भएको आफ्नो पर्सलाई लिलामीमा बेचेर च्यारिटीका लागि २ लाख १० हजार डलर उठाएका थिए । बफेटको सो पर्स झन्डै २० वर्ष पुरानो थियो । उनले आफ्नो पर्सदेखि क्रिप्टोकरेन्सीसम्म बोलेको कुरा र यसबारेका टीकाटिप्पणीबारेका भिडियोले टिकटकमा दशौं हजार लाइक पाएका छन् ।  शेयर कसरी छान्नेदेखि सम्बन्धसमेतका विषयमा चर्चित टिकटक एकाउन्टहरूले ९२ वर्षीय लगानीकर्ता र बर्कशायर ह्याथेवेका सीईओको धारणा राखेर टिकटक बनाएका छन् । बफेटको भनाइ भएका सबैभन्दा चर्चित केही टिकटक भिडियोको सार :  १. यो मेरो सेलफोन हो । यो फोन बिग्रिनै लागिसक्यो । यो फोन मलाई अलेक्जान्डर ग्राह्म बेलले दिएका हुन् । मेरा पाँच ओटा ट्विट छन्, त्यो पनि अरुले मेरो लागि गरिदिएका हुन् । (एउटा अन्तरवार्तामा बफेट आफ्नो पुरानो फोन देखाउँदै थिए ।)  @saylesshustle, 104,000 likes  २. सायद ४०० वा ५०० डलर । म प्राय: यति नै बोक्छु । हेर्ने हो ? ठिकै छ, अधिकांश महिलाहरू कति छ भनेर चाहन्छन्, यो असामान्य होइन । (तपाईंको पर्समा के छ भनेर एक अन्तरवार्तामा सोधिएपछि जिस्किँदै बफेटले भनेका थिए ।)  @ambitiousvoices, 351,000 likes ३. म संसारको जुनसुकै घर किन्न सक्छु । तर, म अहिले बसिरहेको घरबाहेक अरु कुनै चाहान्न । यो घर मध्यमवर्गीय छिमेक छ । म एक जोडी खास्की र स्वेटरमै खुसी छु, मलाई फेन्सी कपडा चाहिन्न । मलाई फेन्सी खानेकुरा पनि चाहिएको छैन । @mediascaling, 109,000 likes ४. कसैले मलाई अमेरिकाको १ प्रतिशत कृषियोग्य भूमि वा १ प्रतिशत अपार्टमेन्ट घरहरू छ भन्छ भने म उसको नाममा यही मध्याह्नमै २५ अर्बको चेक बनाइदिन्छु । कसैले मलाई मसँग संसारभरको बिट्क्वाइन छ भन्छ अनि मलाई दिन्छ भने म उसलाई २५ डलर दिन्छु । तर, यसको सट्टामा एउटै बिट्क्वाइन लिन्न । मैले यो लिएर के गर्छु ? मैले फेरि यसलाई कुनै न कुनै रूपमा उसैलाई बेच्नु पर्छ । @thebillionairebros, 15,000 likes ५. मैले जे गरे त्यो गर्न तिमी जिनियश हुनै पर्दैन । दिमाग पनि चाहिँदैन, सही ‘ओरिएन्टेशन’ मात्रै भए पुग्छ । शेयर किन्ने ९० प्रतिशत मानिसहरूले सही ढंगले सोच्दैनन् । अर्को हप्तै भाउ माथि जान्छ भनेर सोध्छन् । अनि भाउ ओरालो लागेपछि नराम्रो महसुस गर्छन् । म त आजको दिनदेखि १० वा २० वर्षमा कम्पनी कतातिर जान्छ भन्ने सोच्छु । मैले किन्ने बेलामा भाउ झनै घटोस् भनेर प्रार्थना गर्छु ताकि म धेरै शेयर किन्न सकुँ । @investelligence, 22,000 likes ६. औसत मानिसहरू कुन शेयर किन्ने अनि कति बेला किन्ने भन्ने भेउ नै पाउँदैनन्, थाहा पाउनु पनि पर्दैन । उनीहरूले इन्डेक्स फन्डमार्फत अमेरिकाको जुनसुकै शेयर किन्न सक्छन् अनि यसलाई शेयरको लगानीलाई लामो समयसम्म नबेचि राख्न सक्छन् । समग्रमा यो पनि राम्रै हुन्छ । @buffetttrackerapp, 154,000 likes

दीपिकाले लिलामीमा राखेको कपडामाथि उठाइयो प्रश्न

बलिउड अभिनेत्री दीपिकापा दुकोण फिल्मका साथै सामाजिक कार्यमा रमाउने अभिनेत्रीमध्ये एक हुन् । बेला—बेलामा सामाजिक सेवा तथा विभिन्न अभियानमा सक्रिय भइरहने दीपिकाले हालै सामाजिक कार्यका निम्ति आफ्ना प्रयोग भएका कपडा लिलामीमा राखेकी छिन् । लिभ लभ लाफ फाउन्डेसनलाई सहयोग गर्ने उद्देश्यले कपडा लिलामीमा राखेकी दीपिकाको सामाजिक कार्यको सर्वत्र चर्चा भएपनि केही सामाजिक सञ्जाल प्रयोगकर्ता तथा […]

जिया खानको अन्तिम संस्कारमा लगाएको कपडा लिलाम गर्ने भएपछि दीपिका विवादमा

बलिउड अभिनेत्री दीपिका पादुकोणले अभिनेत्री जिया खानको अन्तिम संस्कारको दिनमा लगाएको कपडा लिलाम गर्ने भएकी छन् । दीपिकाले आफ्नो च्यारिटी फाउन्डेशन ‘द लिभ लभ लाफ फाउन्डेशन’ को सहायता गर्ने उद्देश्यले केही कपडा लिलाम गर्ने भएकी हुन् ।दीपिकाले फरक–फरक समयमा लगाएको कपडा लिलाम गर्ने भएपछि विवादमा घेरिएकी छन् । उनले गरेको निर्णयलाई सामाजिक सञ्जालमा थुप्रै गाली र नराम्रो प्रतिक्रिया दिइएको छ । दीपिकाले राखेका २ वटा कुर्ता लिलामीमा राखेकी छन् त्यो कुर्ता लगाएको पल कसैले पनि सम्झन चाहेको