नवलपरासी – राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले राजा, राणा र पञ्चायत फाले पनि पुरातनवादी प्रवृत्ति नफेरिएको बताउनुभएको छ । अध्यक्ष केसीले राजनीति दलले परिवर्तनको मर्म आत्मसात् नगर्दा त्यस्तै प्रवृत्ति यथावत् रहेको बताउनुभयो ।
नवलपरासीको सुनवलमा भएको कार्यक्रममा पूर्वउपप्रधानमन्त्री केसीले फेरि इतिहास दोहोरिने खतरा बढेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, २०१५ सालदेखि नै संसद् विघटन हुँदै आएको छ, अहिले पनि दलीय व्यवस्था संस्थागत नहुँदा इतिहास दोहोरिने खतरा बढेको छ ।&...