काठमाण्डाै – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै सङ्कटमा जानसक्ने आशङ्का व्यक्त गर्नुभएको छ । उहाँले सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले सरकारलाई समर्थन गरेको भन्दै देश झनै सङ्कटमा जानसक्ने आशङ्का व्यक्त गर्नुभएको हो ।
मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चा एक्लै भए पनि प्रतिपक्षमा रहने बताउनुभयो । उहाँले आफ्ना गल्ती पन्छाउने र एउटा दललाई सरकारबाट निकालेर आफू सरकारमा बस्न सबै दल एक ठाउँमा भएको हुनसक्ने बताउनुभयो । ...