काठमाण्डाै - नेकपा एमालेले विराटनगर महानगरपालिकामा उम्मेदवारकाे टुङ्गो लगाएको छ ।
एमालेले मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
योसँगै एमालेले ६ वटै महानगरपालिकामा उम्मेदवार टुङ्गो लगाएको छ ।
विराटनगर महानगरपालिकामा एमालेले युवा नेता सागर थापालाई मेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । आकांक्षीहरु धेरै भएकोले ११ बैसाख राती महानगर अध्यक्ष रहेका युवा सागर थापालाई मेयर पदको उम्मेदवार...
विराटनगर : नेकपा (एमाले)ले मोरङको विराटनगर महानगरपालिका प्रमुखको उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ।एमाले विराटनगर महानगर कमिटिको शनिबार बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वानचनका लागि प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरेको हो। प्रमुखको उम्मेदवारमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भएको छ।यस्तै‚ उपप्रमुखमा शिल्पा कार्की, बिमला घिमिरे दाहाल, अञ्जु उपाध्यय (शिला) को नाम सिफारिस गरेको एमाले विराटनगर महानग
११ कात्तिक, विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटी अध्यक्षमा सागर थापा चयन भएका छन् । नगर अध्यक्षका दाबेदार पर्शुराम बस्नेतले दाबी छाडेपछि उनी पुन: निर्विरोध निर्वाचित भएका हुन् । नगरकमिटीको उपाध्यक्षमा शिल्पा कार्की, सचिव रोहित कोइराला,सह-सचिव नवराज नेपाल र जयप्रकाश महतो पनि निर्विरोध निर्वाचित भएका छन् । मंगलबार विराटनगरमा प्रथम अधिवेशन भएको थियो । […]
विराटनगर– नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा सागर थापा चयन भएका छन् । मंगलबारदेखि जारी अधिवेशनले थापाको नेतृत्वमा ९१ सदस्यीय महानगर कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा शिल्पा कार्की, सचिवमा रोहित कोइराला, उपसचिवमा नवराज नेपाल र जय प्रकाश महतो चयन भएका छन् । १०१ सदस्यीय कमिटीमा अधिवेशनले ९१ सदस्यीय कमिटी चयन गरेको छ […]
विराटनगर - नेकपा एमाले विराटनगर महानगर कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा सागर थापा सर्वसम्मत चयन भएका छन् । बुधबार साँझ सम्पन्न बन्द शत्रबाट अध्यक्षमा थापासहित उपाध्यक्षमा शिल्पा कार्की निराला र सचिवमा रोहित कोइराला चयन भएका हुन् ।
त्यसैगरी दुई सह–सचिवमा नवराज नेपाल र जयप्रकाश महतो सर्वसम्मत चयन भएको नेकपा एमाले …