काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी अधिकृत मिलन शाक्यले मेलम्चीको थप १७ करोड लिटर र पुरानो पाइपबाट २ करोड लिटर प्रत्येक दिन वितरण हुने बताएका छन् । उनले काठमाडौँको नयाँ एक लाख ६० हजार धारामा मेलम्चीको १७ करोड लिटर पानी वितरण गरिने जानकारी दिएका हुन् । शाक्यले काठमाडौँ उपत्यकाको ४३ लाख जनसङ्ख्यालाई लक्षित गरेर केयुकेएलले काम गरिरहेको भए पनि हाललाई चार सय १० किलोमिटर पाइपलाइनमा मात्र पानी वितरण हुने जानकारी दिए । आगामी आइतबारदेखि केयुकेएलले महाङ्काल चौर, मिनभवन, अनामनगर,