काठमाण्डाै - कोरोना भाइरस सङ्क्रमण भएका बिरामीको आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतरनाक कालो ढुसीको सङ्क्रमण नेपालमा पनि देखा पर्न थालेको छ । भारतमा एक हजारभन्दा धेरैमा यस्तो समस्या देखिइसकेको छ भने नेपालमा पनि सीमावर्ती जिल्लाहरुमा केही व्यक्तिमा यस्तो समस्या देखिएको छ ।
यो नयाँ रोग भने होइन । तर कोरोना सङ्क्रमितमा यस्तो समस्या के कारणले देखिएको हो भन्नेबारे अध्ययन भइरहेको छ । अहिले जताततै कोरोना, कोरोना भनेको हुनाले यो रोगलाई कोरोनासँग जोडेर हेर्न थालिएको हो । रोग प्रतिरोधात्...