आज स्कूलमा सुनिताको क्लासमा नेपाली पढाउने मिसले सबै जनासँग एक एक गर्दै “आफ्नो आफ्नो बाबुआमाले के गर्नु हुन्छ भन ।” भनेर सोध्नु भयो । सायद सबैका फरक फरक पेशा हुन्छन् भन्ने बुझाउनको लागि होला । सबैले आफ्ना बुबाआमा जे गर्छन्, त्यो भन्दै गए । कसैको बुबाआमा अफिस जाने, कोही पसल जाने, कुनैले टेक्सी चलाउने, कसैले झोला बनाउने त कसैले कपडा सिलाउने, कोही कागजका सामान बनाएर पर्यटकलाई बेच्ने र कोही माटाका भाँडा बनाउने आदि विभिन्न पेशा भएका मानिसका बाबुनानी सुनिताका साथीहरु रहेछन्