नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर एकैपटक दोहोरो प्रहार गरेको बताएका छन् ।
नेपाल बुद्धिजीवी संगठनले बिहीवार आयोजना गरेको अन्तर्क्रियामा बोल्दै नेकपा प्रवक्ता श्रेष्ठले संसद विघटन गरेर ओलीले संविधान तथा लोकतन्त्र र कम्युनिस्ट आन्दोलनमाथि एकैपटक प्रहार गरेको बताए ।
प्रधानमन्त्री ओलीले गैरकम्युनिस्ट, सर्वसत्तावादी, निरंकुश चरित्र देखाइरहेको प्रवक्ता श्रेष्ठले बताए । ‘सामान्य अवस्थामा गैरसंवैधानिक विघटनलाई सर्वाेच्च अदालतले खारेज ...