२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले दैलेखका ११ वटा स्थानीय तहमध्ये ७ वटामा प्रमुख/उपप्रमुख जितेको थियो । ९० वटा वडामध्ये आधाभन्दा बढीमा एमाले हावी भएको थियो । दोस्रो शक्तिको रुपमा रहेको नेपाली काँग्रेसले चारवटा पालिकामा प्रमुख/उपप्रमुख सहित ३० भन्दा बढी वडामा जितेको थियो भने नेकपा माओवादी जनमतका आधार तेस्रो शक्ति भए पनि कुनै पालिकामा जित हासिल गर्न सकेन । दैलेखमा नेपाल मजदुर किसान पार्टीले ३ र राप्रपाले एउटा वडा जितेका छन् ।वैशाख ३० हुने निर्वाचन नजिकिएसँगै दलहरु उम्मेदवारको टुङ्गो लग