निर्वाचनमा एक/दुई मतले उम्मेदवारको भविष्य निर्धारण गर्छ । जसका लागि अनकौं जुक्ति अपनाएर भए पनि उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्ने प्रयास गर्छन् । यो प्रयासमा गाउँबस्ती पुग्ने र मतदाता रिझाउन हरेक चुनावमा दौडधुप चलेकै हुन्छ । तर दोलखामा यस्तो गाउँ छ, जहाँ उम्मेदवारले टेक्दैनन् । हरेक निर्वाचनमा मतदान हुन्छ तर मतदाताले उम्मेदवार चिन्दैनन् ।